प्रथम मेचीनगर स्पोर्टस मेनिया आयोजना हुँदै

0
SHARES
1
VIEWS

। आउँदो फागुन २९ गतेदेखि मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया’ हुने भएको छ ।

आज दिउँसो नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

मेचीनगर खेलकुद विकास समितिको आयोजनामा यही फागुन २९ गतेदेखि काँकरभिट्टाको खेल मैदानमा हुने उक्त खेलकुदलाई ‘मेचीनगर स्पोर्टस मेनिया–२०८०’ नाम दिइएको छ ।

नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले प्रतियोगिता सम्पन्न गर्न ५३ लाख ७७ हजार बजेट खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

उक्त खेलकुद खुला प्रतियोगिता हुने भएकोले ५००० खेलाडी सहभागी हुने वस्तीको भनाई छ । मेयर गोपाल चन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले प्रतियोगिताको मस्कट सार्वजनिक गरेका थिए ।

मेयर बुढाथोकी र उपमेयर उप्रेतीले नगरबाट खेलाडी उत्पादन गर्ने र मेचीनगरलाई खेलकुदको हव बनाउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, लगायत नगरका राष्ट्रिय तथा स्थानीय खेलाडीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

नगर खेलकुद विकास समितिका संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समितिका उपाध्यक्ष रबिन ओझाले र सञ्चालन समितिका सदस्य सचिव समेत रहेका अनन्तप्रकाश वस्तीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार