राधाकृष्ण मन्दिर सत्संग भवन तथा सार्वजनिक शौचालय निर्माण गरी बिर्तामोड नगरपालिकालाई हस्तान्तरण

0
SHARES
52
VIEWS

राजकुमार ओली बिर्तामोड

नेपाली सेनाको अरिदमन गणले राधाकृष्ण मन्दिर र सत्संग भवन बनाएर बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरेको छ।
आज शनिबार बिर्तामोड १० स्थित तेलकानीमा रामायणकालीन विराट पोखरा परिसरमा राधाकृष्ण मन्दिर सत्संग भवन तथा सार्वजनिक शौचालय निर्माण गरी बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरेको हो।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नरेन्द्र संग्रौला तथा नेपाली सेनाको २१ नम्बर बाहिनीपति धनबहादुर थापा ले संयुक्त रुपमा उक्त मन्दिरको उद्घाटन गर्नुहुँदै स्थानीय नागरिकलाई मन्दिर सत्संग भवन र शौचालय हस्तान्तरण गरिएको हो। नेपाली सेना को अरिदमन गणका गणपति प्रा जु बस्न्यात को पहलमा उक्त भौतिक संरचना निर्माण गरी स्थानीय नागरिकलाई जिम्मा लगाइएको हो।।

विगत नौ महिनादेखि सेनाको टिमले श्रमदान गरी उक्त भौतिक संरचनाहरु निर्माण गरेको हो।

नेपाली सेनाको सेनापतिको नाममा रहेको कोषबाट उक्त रामायणकालीन द्वापर युगका विराट राजाले आफ्ना गाईवस्तु लाई पानी खुवाउन को लागि भीमसेनले निर्माण गरेको पोखरी मा रहेको जमिनमा उक्त संरचनाहरू निर्माण गरेको हो।।

बिर्तामोर १० स्थित तेलकानीमा रहेको रामायणकालीन पोखरीमा मन्दिर भवन तथा शौचालय नेपाली सेनाले निर्माण गरी स्थानीय स्तरमा नागरिकलाई जिम्मा लगाएको हो।

कार्यक्रममा नेपाली सेनाका बाहिनीपति थापासहित बिर्तामोड १० का वडा अध्यक्ष दुर्योधन गुरुङ स्थानीय अगुवाहरू तथा मन्दिर व्यवस्थापन समितिका सञ्चालकहरुले यस्ता सामाजिक तथा जनचासोको विषयवस्तुमा नेपाली सेनाले गरेको भूमिका ले उत्साहित भएको र आउने दिनमा अझ सक्रिय हुने आशा राखिएको शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा पोखरी संरक्षण समिति का अध्यक्ष महेन्द्र शिवाकोटी तथा नेपाली सेनाका फिल्डमा खटिएका सैनिकहरूलाई सम्मान समेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार