दमक क्याम्पसमा कोषको रुपैयाँ हिनामिना गरेको आरोप

0
SHARES
17
VIEWS

प्रसासनले अहिलेसमम एक शब्द पनि जानकारी दिएको छैन’ उनले भने ।

आफुहरुले भित्रि स्रोतबाट सो रकम क्याम्पसले अपचलन गरेको जानकारी पाएको उनले बताए । ‘तत्कालिन क्याम्पस प्रमुख उत्तम भट्राई र तत्कालिन स्ववियु सभापति विनोद चापागार्इँको पालामा ८ बर्ष अगाडी तिर क्याम्पस घाटामा गएको भन्दै सो रकम अन्य शिर्षकमा निकाशा गरिएको र हाल सम्म फिर्ता नभएको मात्र हामीले अपुष्ट जानकारी पाएका छौ, सोधिखोजी गर्दा कसैले जानकारी दिएनन्’ सचिव मादेनले भने ।

विभिन्न काल खण्डमा विद्यार्थीहरुको कल्याणका लागि स्थापित विद्यार्थी कल्याण कोषको मोटो रकम दुरुपयोग हुनु दुखद भएको उनले बताए । यस विषयमा आफुहरु गम्भिरताका साथ लागेको बताए ।

यता क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) भने यसलाई सामान्य कुरो भएको बताउछन् । फोन सम्पर्क गर्दा ८ बर्ष अगाडी तत्कालिन क्याम्पस प्रमुख उत्तम भट्राई र तत्कालिन स्ववियु सभापति विनोद चापागार्इँको पालामा क्याम्पस आर्थिक मन्दिमा परेको र सापटी स्वरुप विद्यार्थी कल्याण कोषको ५० लाख रकम मात्र प्रसासन चलाउन लिएको बताए । यसलाई विस्तारै जम्मा गर्दै जाने उनले बताए । उनले भने ‘त्यो पौसालाई हिनामिना गरेको भन्न मिल्दैन, क्याम्पसकै पौसा हो, विद्यार्थीका लागि जम्मा गरेको पौसा प्रसासनका लागि त निकालेको हो । अव हामी विस्तारै अलि अलि गर्दै त्यो कोषमा रकम जम्मा गरिहाल्छौ नी ।’grihakhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार