सुरुङ्गा भेट्रान कप २०८० संस्करण फुटबल प्रतियोगिता चैत्र ३ देखि

0
SHARES
1
VIEWS

कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा भेट्रान कप २०८० तेस्रा संस्करण फुटबल प्रतियोगिता चैत्र ३ देखि हुने भएको छ ।

क्लबले सोमबार फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागिता रहने र प्रतियोगिता चैत्र १० गते सम्पन्न हुने छ । ४० वर्षमाथिका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा बिराटनगर भेट्रान क्लब, दमक लखनपुर भेट्रान क्लब, धरान भेट्रान क्लब, बिर्तामोड भेट्रान क्लब, कनकाई भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, धुलाबारी भेट्रान क्लब र दुधे भेट्रान क्लब शिवसताक्षीको सहभागिता रहने तय भएको क्लबका अध्यक्ष श्यामकुमार राईले जानकारी दिए । पहिलो दिनको प्रतिष्पर्धा बिराटनगर भेट्रान क्लब र दमक लखनपुर भेट्रान क्लबका वीच हुनेछ ।

स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल नारासहित आयोजित नकआउट फुटबल प्रतियोगितामा ५ लाख ७१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबका कोषाध्यक्ष तथा प्रतियोगिताका आर्थिक संयोजक सन्तोष लिम्बूले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र द्वितीय पुरस्कार ६५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी रहेको छ ।

स्थानीय कन्काई माध्यमिक विद्यालयको खेलमैदानमा हुने खेल सम्पन्न गर्न स्थानीय सरकार कनकाई नगरपालिका, विभिन्न संघसंस्था, आफ्ना क्लब परिवार सदस्य तथा फुटबलप्रेमी व्यापारी, व्यवसायी र देशविदेशमा रहने महानुभावबाट खर्च जुटाइने खेल संयोजक उज्ज्वल बाँस्तोलाले जानकारी दिए । पत्रकार भेटघाटमा क्लबका संस्थापक अध्यक्ष राजेन्द्र खतिवडा, प्रचार प्रसार संयोजक रमेश मैनाली, मैदान व्यवस्थापन समिति संयोजक राजेश अघोरी लगायतले पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए । फिफाको नियम अनुसार खेलमा म्यान अफ द टुर्नामेन्टलाई नगद ५ हजार र म्यान अफ द म्याचलाई नगद २ हजार प्रदान गरिने बताइएको छ । पत्रकार सम्मेलनको सञ्चालन कनकाई भेट्रान क्लब सुरुङ्गाका सल्लाहकार ज्योतिकुमार उप्रेतीले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार