आगो निभाउन ६० घण्टा-१५ करोडको भौतिक सम्पत्ति डढेर क्षति

0
SHARES
1
VIEWS

मेचीनगर–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्रा.लि. (प्लाईउड उद्योग)मा सोमवार विहान सुरु भएको आगलागी दुई दिनपछि पूर्ण नियन्त्रण भएको छ ।

सोमवार विहान ५ बजेतिर उद्योगको काठको गोलिया भण्डारण गरिदै आएको मुख्य ब्लकमा अचानक आगलागी सुरु भएको थियो । आज साँझ ५ बजेतिर मात्र उक्त आगो निभेको थियो । काठको विशाल घाटगद्दी भएको कारण आगो निभाउन ६० घण्टा लागेको उद्योगका सञ्चालक सन्तोष आचार्यले बताउनुभयो ।

आगलागीबाट रु. १५ करोडको भौतिक सम्पत्ति डढेर क्षति भएको सञ्चालक आचार्यले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट उद्योगको मुख्य ब्लक पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने भण्डारण गरिएको ठूलो मात्रामा काठको गोलिया र उत्पादित प्लाई खरानी भएको छ ।

नेपालकै ठूलो मानिएको उक्त प्लाईउड उद्योगमा दैनिक बाह्र सय मजदूर कार्यरत छन् । त्यहाँ उत्पादित सामान विदेशमा निर्यात हुने गरेको छ ।

आगलागी भएको खबर पाएलगत्तै सोमवारदेखि १२ वटा दमकलले आगो निभाउने निरन्तर प्रयास गरिरहेका थिए । काठको गोलियामा दन्किएको आगो नियन्त्रणमा लिन दमकललाई निकै कठिन भएको थियो । आगलागी नियन्त्रणमा सघाउन भारतबाट समेत दमकल मगाइएको थियो ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक मिलन केसीले आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार