मिटर ब्याजीको आरोपमा ओली पक्राउ

0
SHARES
29
VIEWS

इलाका प्रहरी कार्यालय बिर्तामोडले लेनदेन (मिटरव्याजी)का आरोपीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड–७ गरामनी निवासी दीर्घ भनिने पृथ्वी ओलीलाई पक्राउ गरेको हो । मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेसँगै प्रहरीले पहिलोपटक अनुचित लेनदेनका आरोपी ओलीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी श्रोतले जनाएको छ ।

विप्लब नेतृत्वको (नेकपा)ले समेत यस अघि अनुचित लेनदेन (मिटरव्याजी) ओलीसंग ब्यवहार मिलाउन पटक– पटक तागेता गर्दै आएको थियो । तर, ओलीले अटेर गरी सर्वसाधारणलाई दुःख दिँदै आएको नेकपाका मेची व्यूरो इञ्चार्ज सुमनसिंह सीले बताए । उनले भने– ओलीलाई हामीले पटक–पटक सर्वसाधारणसंग व्यवहार मिलाउन भनेका थियौं । जिल्ला प्रशासन कार्यालयमा समेत सहमति गराउने
प्रयास ग¥यौं तर उनले उल्टै धाकधम्की दिँदै सर्बसाधारणबाट चेक कटाएको हामीले पाएका थियौं । अनुचित लेनदेनमा संलग्न आरोपी ओलीलाई पक्राउ गरेको प्रति नेकपाले प्रहरीलाई धन्यवाद दिएको छ । आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार