मेची बोर्डरमा लागू औषध डरलाग्दो बन्दै

0
SHARES
5
VIEWS

लक्ष्मी उप्रेती
‘अब हामीले मात्र यो नियन्त्रण गर्न सक्दैंनौ ’
४ चैत, मेचीनगर : पछिल्लो समय निक्कै ठुलो समस्याका रुपमा रहेको लागुऔषध ओसारपसार नियन्त्रणमा सवैक्षेत्रको सहयोग अपरिहार्य रहेको र प्रहरीको एक्लो प्रयासले मात्र यसको रोकथाम र नियन्त्रण सम्भव नहुने झापा प्रहरीको भनाई छ ।

लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न स्थानीय तहको योगदान महत्वपूर्ण हुने र त्यपछि उस्को परिवार, विद्यार्थी, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधि, शिक्षक, समाजका अगुवाहरुको पनि यसमा भूमिका निक्कै ठुलो हुने बताईएको छ ।

‘प्रहरी त कानून कार्यान्वयन गराउँने एउटा अंगमात्र हो’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले भन्नुभयो—‘दुईचार जना कारोवारी र संयौं सेवनकर्तालाई पक्राउ गर्नु नै यो समस्याको दिर्घकालिन समाधान होईन ।’ प्रहरीले त कानूनमा उल्लेखित कामहरु मात्र गर्ने , कानूनको पालना नगर्ने वा गैरकानूनीरुपमा काम गर्नेलाई नियन्त्रणमा लिन्छ र कानून बमोजिम कारवाही गर्ने मात्र भएकाले प्रहरीले एक्लै यो समस्यालाई शुन्यमा झार्न नसक्ने प्रहरी उपरीक्षक केसीको भनाई छ ।

झापा प्रहरीको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन महिनाको अन्त्य वा आठ महिनामा जिल्लाका अलग अलग स्थानबाट १६ केजी ५ सय ४७ ग्राम ७ सय ८० मिलिग्राम गाजा, १ केजी ३ सय ५९ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित थुप्रै प्रकारका लागुऔषध प्रहरीले बरामद गरिसकेको छ । यसले पनि जिल्लामा लागुऔषधको समस्या कल्पना गरे भन्दा भयवह रहेको प्रहरीको दाबी छ ।

सबैको घरमा प्रहरी पुग्न नसक्ने भएकाले पनि लागुऔषध दुव्र्यसन नियन्त्रणमा घरपरिवार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने प्रहरी उपरीक्षक केसीले बताउनुभयो । दुव्यर्सनी नियन्त्रणका लागि त घरपरिवार र अभिभावकको झन ठुलो र महत्वपूर्ण भूमिका रहने भन्दैं उहाँले कतिपय अभिभावकले आफ्ना छोराछोरीले गरेको गल्ती लुकाउन खोज्दा समस्या हुने स्पष्ट पार्नुभयो । ‘प्रहरीले प्रमाण फेला पार्छ, तर अभिभावकहरु आएर यो त निर्दाेष छ, यस्तो कहिले पनि गर्दैन भन्दैं आफ्ना सन्तानको गल्ती ढाकछोप गरीदिनुहुन्छ’ प्रहरी उपरीक्षक केसीले भन्नुभयो—‘ विश्वव्यापी रुपमा जटिल अवस्थामा रहेको लागुऔषध दुव्यर्सनीका कारण एउटा घर, समाज र राज्यले ऊर्जाशील युवा जनशक्ति गुमाउने खतरा बढेको छ । ’

यसकारण पनि यसको नियन्त्रणका लागि सबैको सहकार्य जरुरी रहेको उहाँले आवश्यकता औल्याउँनुभयो । प्रहरी उपरीक्षक केसीले यसैका लागि जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना अभियान शुभारम्भ गरेको स्पष्ट पार्नुभयो । यो दुव्र्यसनमा हुने खाने र हुँदा खाने दुवै वर्ग लागेको प्रहरीको अनुसन्धानले देखाएको छ । ७० देखि ८५ प्रतिशत दुव्र्यसनी उच्च घरान र हुने खाने नै रहेको एकजना प्रहरी अनुसन्धान अधिकृतले बताए । पछिल्लो समय झापाबाट इञ्जेक्सनको माध्यमबाट प्रयोग गर्ने लागुऔषधभन्दा धुलो वा खाने पदार्थको कारोवार हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन महिनाको अन्त्य वा आठ महिनामा जिल्लाका अलग अलग स्थानबाट डाइजिपाम १५, फेनारगन १४ र लुपिजेसिक १४ एम्पुल बरामद भएको छ । अघिल्ला बर्षहरु भन्दा यो वर्ष इञ्जेक्सनबाट लिने यस्ता लागुपदार्थको बरामद परिमाण ज्यादैं न्यून रहेको लागुऔषध नियन्त्रण व्युरो झापा शाखाले जनाएको छ ।

लागुऔषधलाई स्थानीय तहबाटै नियन्त्रण गर्नका लागि मेचीनगर नगरपालिका लागिरहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । नगरपालिकाले नगरका विभिन्न ठाउँमा यसका विज्ञहरुलाई निम्तियाएर चेतनामुलक र प्रशिक्षणमुलक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रणका लागि घरघर र विद्यालयबाट अभियान सञ्चालन गर्नुपर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको भनाई छ । मेचीनगर नगरपालिकाभित्र लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि प्रहरीले सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग सहकार्य गरेर चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताउँनुभयो । झापामा मात्र नभएर नेपालमा नै लागुऔषध दुव्यर्सनको अवस्था भयावह रहेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीसँगै अभिभावक, परिवार, स्थानीय तहलगायतको महत्वपूर्ण भूमिका रहेको प्रहरी नायव उपरीक्षक भारतीले स्पष्ट पार्नुभयो ।

१८ पुसमा मेचीनगर —६ काँकरभिट्टामा जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवाकेन्द्र काँकरभिट्टाको संयुक्त आयोजनामा लागुपदार्थ दुव्र्यसन अवैध ओसार, विक्री वितरण नियन्त्रण सम्बन्धी अन्तरक्रिया भएको थियो । पछिल्लो समय प्रहरीले मादक पदार्थ सेवन (मापसे) का साथै (लापसे) लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको छ । । हरेक वर्ष जुन २६ गते लागू औषध तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । सरकारले यो दिवस साप्ताहिरुपमा विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाउँदैं आएको छ । स्थानीय सरकारसहित विभिन्न संघ संस्थाहरुले समेत बेला बखत विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएकाछन् । तर, समस्या ज्यूँ का त्यूँ छ ।

लागुऔषध दुव्र्यसनले हाम्रो स्वास्थ्य, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, पारिवारिक ओज, राज्यको व्यक्तिप्रतिको अपेक्षामा समेत प्रतिकुल असर पार्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीको भनाई छ । जसको प्रभाव सिंगो राज्यले भोग्नुपरेको हुन्छ भने यसलाई सबै ब्यक्ति, परिवार, समुदाय र सरकारी तथा गैरसरकारी निकाय मिलेर समाधानको बाटोतर्फ लैजानु पर्ने छ । समाजमा विद्यमान समस्याको रुपमा रहेको लागुऔषध दुव्र्यसन तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफै जागरुप हुन पर्ने सरकारी अधिकारीहरु बताउछन् । दुव्र्यसनमा फसेकाहरुले उपचार पाउनु उनीहरुको अधिकार हो तर कुलतमा फस्नु अधिकार भित्र नपर्ने ती सरकारी अधिकारीहरुको भनाई छ ।

समुदायमा उच्च मात्राको लागूपदार्थ दुव्र्यसनले हत्या, हिंसा र यस्तै जघन्य प्रकृतिका अपराधिक घटनाहरु वढिरहेका छन् । प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने वढिजसो आपराधिक क्रियाकलापमा लागुऔषध दुव्र्यसनीहरुको संलग्नता रहेको छ, वढिजसो दुर्घटना लागुऔषध सेवनकै कारण भएको छ । वढिजसो घरेलु हिंसा, द्वन्द्व, भिडन्त जस्ता क्रियाकलापहरु लागुऔषध दुव्र्यसनकै कारण भएको पाइन्छ ।

घर, समाज, टोललगायत राष्ट्रकै मुख्यः समस्याका रुपमा रहेको लागु औषध नियन्त्रण यतिखेर मुख्यः चूनौतीका रुपमा रहेको छ । यसको नियन्त्रण र रोकथामकालागि विभिन्न प्रयासहरु पनि नभएका होइनन्

लागुऔषध दुव्र्यसन तथा ओसार पसार विद्यमान समस्याको रुपमा रहेकाले अब हरेकले काँधमा काँध र हातमा हात मिलाएर यसको नियन्त्रण र रोकथामा अघि बढ्नुको विकल्प छैन्mechinagarabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार