महजोडीलाई ‘आदर्श नागरिक सम्मान–

0
SHARES
3
VIEWS

झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गरेको छ । प्रतिष्ठानले झापाको बिर्तामोडमा एक समारोहको आयोजना गरि महजोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो ।

प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको सचिव लक्ष्मण ढकालले जानकारी दिनुभएकोहो ।

महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो । भारतको दार्जिलिङका प्रख्यात नाटककार सिके श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

पुरस्कृत प्रतिभा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफुबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने बताउनुभएको छ । उहाँले आफु आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको टिप्पणी गर्नूभएको हो । मदनकृष्ण श्रेष्ठसँगको ४४ बर्षको सहयात्राले आफुलाई यो स्थानमा पु¥याएको भन्दै उनले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताउनुभयो ।
अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिबंश आचार्यले अहिलेसम्म पाएको मध्ये सबैभन्दा ठुलो पुरस्कार रहेको बताउदै आफुलाइ यो सम्मानले आफना जिवन साथी मात्रै नभएर झापाबासी नै सम्मानित भएको आफुलाइ लागेको बताउनुभयो । आदर्श नागरिक सम्मानका रुपमा आफुलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको हो

कार्यक्रमका प्रमुख अतिथि सिके श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सिमाले छेक्न नसक्ने बताउनुभयो । उहाँले ३२ बर्षअघि सिक्किममा महजोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै यो पटक त्यही अवसर दोहोरिएको जानकारी दिनुभएको हो। श्रेष्ठले महजोडी कलाकार वा ब्यक्तिमात्र नभएर प्रतिष्ठान भएको बताउनुभएको हो ।
नेपाल कमजोर भयो भने अरु देशमा रहेका नेपाली भाषीले पनि दुख पाउने उल्लेख श्रेष्ठले धारणा राख्नुभएको हो । ‘

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको समारोहको सञ्चालन स्वस्तिका आचार्यले गर्नूभएको थियो भने । पुर्ण–टुङग स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार