कोइला व्यवसायी संघ को अध्यक्षमा बस्नेत निर्वाचित

0
SHARES
4
VIEWS

बिर्तामोड, १४ चैत । कोइला व्यवसायी संघ झापाको अध्यक्षमा युवा व्यवसायी विनोद वस्नेत सर्वसम्मत चयन भएका छन् ।

बिर्तामोडका युवा व्यवसायी एवम् समाजसेवी वस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

अध्यक्ष वस्नेत झापा गोल्ड कपका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक समेत हुन् । उनले विभिन्न सामाजिक संघ–संस्थामा सफल नेतृत्व गरिसकेका छन् ।

समितिको उपाध्यक्षमा सुनिलकुमार जोधानी ‘पिन्टु’ (विमला देवी ट्रेड एण्ड सप्लार्यस), सचिवमा मनोहर अग्रवाल (मित्तल इन्टरप्राइजेज, सहसचिवमा सुमन भट्टराई (रुद्राक्ष इन्टरनेशनल ट्रेडिङ प्रालि) र कोषाध्यक्षमा रजनिश कर्नानी (प्लेटिनम् मार्केटिङ प्रालि) रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा चतुरभूज घिमिरे, प्रकाश चौधरी, राकेश विन्दल र विनोदकुमार अग्रवाल छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वेदप्रकाश अग्रवाल, व्यवसायी विवेक घिमिरे, वदनकुमार मित्तल, वावुलाल अग्रवाल, राजीव श्रेष्ठ, विनोद अग्रवाल, जगन्नाथ शर्मा खनाल, मनोज गोयल लगायतको आतिथ्य रहेको थियो ।

यसअघि झापामा कोइला व्यवसायी संगठित गर्न अर्जुन चुडालको संयोजकत्वमा तदर्थ समिति बनेको थियो । तदर्थ समिति संयोजक चुडालको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न व्यवसायीको भेलाबाट नयाँ नेतृत्व चयन गरिएको हो । झापामा दुई दर्जन बढी कोइला व्यवसायीहरु संगठित रुपमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार