झापामा झण्डोत्तोलन

0
SHARES
1
VIEWS

बिर्तामोड, चैत १६।
नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा महासंघ झापा शाखाले झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार महासंघ झापाको बिर्तामोडस्थित कार्यालय भवनमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक चन्द्र किशोर र महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्यले झण्डोत्तोलन गरेका थिए ।

झण्डोत्तोलनपछि संक्षिप्त समारोहमा बोल्दै चन्द्र किशोरले नेपाली पत्रकारिता अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै जुनसुकै परिस्थितिमा पनि पत्रकारले भुइँमान्छेको पक्षमा आवाज उठाइरहनुपर्ने बताए । चन्द्र किशोरले पछिल्लो समय पत्रकारहरु स्थानीय सत्ताप्रति मौन रहँदा धेरै विकृति मौलाएकोतर्फ संकेत गर्दै स्थानीय सत्ताका कमजोरीप्रति तेजिलो प्रश्न गरेर खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।

पूर्व अध्यक्ष आचार्यले पत्रकारलाई संगठित गरी गर्विलो इतिहास कायम गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भमा शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार