मेची नगरको तेलपानीमा लागेको आगो गाउँको नजिकमा

0
SHARES
2
VIEWS

मेचीनगर, चैत २५ । झापाको मेचीनगर ३ स्थीत तेलपानी सामूदायिक वन क्षेत्रमा आगलागी भइरहेको स्थानीयले जनाएका छन । हिजो दिउँसै देखि आगलागी भइरहेको भए पनि अहिलेसम्म आगो नियन्त्रणमा लिने प्रयास कतैबाट नभएको तेलपानीका स्थानीय कोषराज भट्टराईले सेतोपत्रलाई जानकारी दिनुभयो ।

‘हिजो दिउँसैदेखि लागेको आगो गाँउकै छेउमा आइपुगेको छ,’ भट्टराईले भन्नुभयो, ‘अहिलेसम्म नियन्त्रणको प्रयास भएको छैन ।’ भट्टराईका अनुसार वन क्षेत्रमा लागेको आगो अहिले पर्यटकीय स्थल बृन्दावन क्षेत्रमा प्रवेश गरेको छ । वन क्षेत्रमा आगो लागेको लामो समय हुँदा समेत पनि सामुदायिक वन समितिमा रहेका व्यक्तिहरुले कुनै चासो नदेखाएको भट्टराईले आरोप लगाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार