0
SHARES
0
VIEWS

काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुईवटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार राति धुलाबारी चोकबाट एचआर ६९ सि ४६५९ र जिटी ३४६५ नम्बरको दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीहरू रहेका छन् । उनीहरूले प्रयोग गरिएका पुराना सरसामान (जिटीकुन्टा) हरू लिएर घर फर्किंदै थिए । उनीहरू सबैको घर पश्चिम हो ।

यात्रु शाखाबाट पुराना सरसमानको जाँचपास गराएबापत ६० हजार राजश्व भन्सार बुझाएको प्रज्ञापनपत्र प्रहरीले भेटाएको छ ।

तर, ट्रकभित्र प्रयोग भएका पुराना सामानसहित १७ वटा नयाँ वासिङ मेसिन रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सूचनाको आधारमा प्रहरीले दुवै ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

जाँचपास गराउँदा नयाँ वासिङ मेसिनको भन्सार नतिरेको स्रोतको दाबी छ । प्रहरी टोलीले दुवै ट्रक नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार