जामुनखाडी सिमसारको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

0
SHARES
11
VIEWS

जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको कार्यसमितिको आगामी तीनवर्षको लागि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । निर्वाचनको कार्यक्रम अन्तगर्त आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ ।

प्रकाशित नामावली अनुसार अध्यक्षमा नेकपा एमालेको तर्फबाट सिता अधिकारी, नेपाली कांग्रेसको तर्फबाट बुद्धिमान बाहोरा र स्वतन्त्र समूहबाट पर्शुुराम गिरीको उम्मेद्वारी दर्ता भएको छ ।

यसैगरी उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट रेनुका खवास, नेपाली कांग्रेसको तर्फबाट तारा कोइराला र स्वतन्त्र समूहको बाट चन्द्रा बुढाथोकीको उम्मेद्वारी दर्ता भएको छ । सचिवमा नेकपा एमालेको तर्फबाट दिपक बोहोरा, नेपाली कांग्रेसको तर्फबाट यसनाथ अधिकारी र स्वतन्त्र समूहको तर्फबाट दीपक ओलीको उम्मेद्वारी दर्ता भएको छ ।

कोषाध्यक्षमा नेकपा एमालेको तर्फबाट इन्दिरा पाण्डे भण्डारी र नेपाली कांग्रेसको तर्फबाट चेतकुमारी सापकोटा गरी दुुईजनाको उम्मेद्वारी दर्ता भएको छ ।

अध्यक्षका प्रत्यासीहरू सीता अधिकारी पुर्व जनप्रतिनिधि तथा त्यस क्षेत्रका लाेकप्रिय महिला नेतृ हुनुहुन्छ । अर्का प्रत्यासी पर्शुराम गिरी त्यस बनकाे पूर्व अध्यक्ष हुनुहुन्छ भने बुद्धिमान बाेहाेरा त्यस क्षेत्रकाे सामाजिक व्यक्तित्व हुनुहुन्छ ।

१५ सदस्यीय कार्यसमिति रहने उक्त सामुदायिक बनको नेतृत्वमा ३० वटा टोललाई ५ भौगोलिक क्षेत्रमा विभाजन गरेर प्रत्येक क्षेत्रबाट १ जना महिला र १ पुरुष गरी २ जना हुनेगरी ५ वटा टोलबाट १० जना सदस्यले भुुगोलको प्रतिनिधित्व गर्दै कार्यसमितिको नेतृत्वमा चयन हुन पाउने वैधानिक व्यवस्था रहेको छ ।

४ जना पदाधिकारी, १० जना भुुगोलको प्रतिनिधित्व गर्दै सदस्यको रुपमा चयन भएपश्चात बनेको १४ सदस्यीय समितिको सिफारिसमा आम समुदायबाट प्रतिनिधित्व गर्न नसकेको दलित, आदिवासी, जनजाति तथा पिछाडी परेको समुुदायको प्रतिनिधित्व हुने गरी नवनिर्वाचित कार्यसमितिले १ जना सदस्यलाई मनोनित गरी जम्मा १५ सदस्यीय कार्यसमिति गठन गरिने वैधानिक व्यवस्था रहेको छ ।

भूुगोलबाट प्रतिनिधित्व हुुने ६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् भने ४ जना सदस्य स्थानीय भुगाेलबाट चुनावी प्रतिस्पर्धाबाट निर्वाचित हुने निर्वाचन समितिका संयोजक दधिराम पोखरेलले जानकारी दिनुुभयो । २०८१ साल बैशाख ६ गते हुन गईरहेको उक्त निर्वाचनमा नयाँ कार्यसमिति चयनका लागि ८५१ जना मतदाता उपभोक्ताले मतदान गर्नेछन् ।

झापा जिल्लाको कनकाईमा अवस्थित यो सामुदायिक बन पूर्वको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । वन क्षेत्रको विनास दिनानुदिन भइ रहेको परिप्रेक्ष्यलाई मध्यनजर गरी प्राकृतिक स्रोत र सम्पदाको संरक्षण तथा सञ्चालन स्थानीय जनताले नै प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छन् भन्ने नीति अनुरुप स्थानीय व्यक्तिहरुको तत्परतामा स्थानीय समाजसेवी केदार गिरीको अध्यक्षतामा वि.सं. २०५२ साल आश्विन २६ गतेका दिन “जामुनवारी सामुदयिक वन तथा उपभोक्ता समूह” नामक संस्थाको रुपमा स्थापना भयो । करिव ९०० घरधुरी रहेकोमा अद्यावधिक गरिएका उपभोक्ताकाे घरधुरी संख्या ८५१ रहेको छ । करिब ५ हजार जनसंख्यालाई घाँस, दाउरा, काठ र अन्य सुविधाहरु प्रदान गरिरहेको यस वनको क्षेत्रफल ४३४.२० हेक्टर क्षेत्रमा फैलिएकोे छ । य

सको स्थापनाको विकासक्रम र इतिहासलाई हेर्दा यस वनमा करिव ४० वर्ष अघिसम्म विशाल तलाउ थियो । उक्त क्षेत्रमा विभिन्न प्रकारका वन्यजन्तु तथा पशुपक्षीहरु वसोवास गर्थे । घरपालुवा जनवारको पनि भरपर्दो पानीको स्रोत थियो । त्यस समयमा कच्ची बाँध वाँधी स्थानीय वासिन्दाले सिंचाईको सुविधा समेत प्राप्त गरेका थिए । तर उक्त कच्ची बाँध फुट्न गई पानी निरन्तर रुपमा निकास भई सिमसार क्षेत्र पुरिदै र साधुरिदै गई अवशेष मात्र बाँकी रह्यो । यस सामुदायिक वनले उक्त क्षेत्र भित्र रहेका सिमसार क्षेत्रहरुको उचित संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले वि.स. २०५८ सालमा लिखित परिकल्पना सहितको विस्तृत गुरु योजना अघि सा¥यो ।

आम उपभोक्तामा समेत सिमसार क्षेत्रको संरक्षण र विकास गर्नुपर्छ भन्ने भावनाको जागरण गराउन विभिन्न प्रकारकाको अन्तक्र्रिया, गोष्ठी र छलफलहरु शुरु ग¥यो । सोही क्रममा वि.स. २०६० साल फागुन ९ गते बिर्तामोड स्थित मेची यातायात संघको कार्यालयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी टीकाराम अर्यालको प्रमुख आतिथ्यमा जिल्ला भू–संरक्षण कार्यालय तथा अन्य सरोकारवालाहरुको सहभागितामा अन्तक्रिया गरि यस योजनालाई कार्यरुप दिने निर्णय गरियो ।

एवम्रितले यसको विकासक्रम अघि बढ्ने क्रममा तात्कालीन नेतृत्वको अवधारणालाई सार्थकता दिन वि.सं. २०६० सालमा तत्कालीन कार्य समितिले आम उपभोक्तासँग अपिल ग¥यो । आफ्नो ठाउँको विकास गर्न उत्सुक यहाँका करिब ६८०० उपभोक्ताले सिमसार क्षेत्रको उत्खनन्मा निः शुल्क श्रमदान गरे । यसैगरी विभिन्न दातृसंस्थाहरुले पनि सिमसार क्षेत्रको विकासमा महत्वपूर्र्ण योगदान पु¥याए । जस्ले गर्दा प्रायः असम्भव जस्तो लाग्ने सिमसार क्षेत्रको आर्थिक स्रोत जुटाउने कार्य सफल भयो र सिमसार क्षेत्रको उत्खनन् कार्य सम्पन्न भयो ।

यसरी जामुनखाडी सिमसार क्षेत्रको विकास गर्ने सोच २०६१ साल भाद्र महिनाबाट आएकोमा स्थानीय वन उपभोक्ता समूहको सक्रियता र विभिन्न दातृ संस्थाको सहयोगमा २०६५ साल माघ १६ गते यस जामुनखाडी वन क्षेत्रमा रहेको २० हेक्टर जमिनलाई विधिवत् रुपमा “जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र”को रुपमा उद्घाटन गरियो ।य

सरी विकास भएको, राष्ट्रिय स्तरमा ख्याती प्राप्त यस सामुदायिक वन तथा सिमसार क्षेत्रमा केही बर्षसम्म आन्तरिक तथा वाह्र पर्यटकको निक्कै घुुइचो लाग्ने गरेको थियो । राष्ट्रिय स्तरका विभिन्न व्यक्तित्वहरुको ध्यान जामुनवारी सामुदायिक वन तर्फ खिचिएको थियो । सरकारका जिम्मेवार निकाय तथा अन्य थुुप्रै संस्थाहरुबाट यस बनले सम्मान तथा पुरस्कार समेत प्राप्त गरेको छ । तर कोभिड पश्चात निक्कै सुुस्ताएको, यस क्षेत्रका वासिन्दाको गौरवशाली संस्था, सयौं उपभोक्ताको प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी जोडिएको यस बनको नयाँ नेतृत्वले यस वनको विकास गर्ने र यहाँका उपभोक्तालाई सुुविधा दिने नयाँ योजना र कार्यक्रम ल्याउनुुपर्ने आवश्यकता आम उपभोक्ताहरुले गरेका छन् ।

यस क्षेत्रको दीगो विकासको लागि विद्यमान रहेका सुविधा र व्यवस्थालाई संरक्षण, व्यवस्थापन र उपयोग गरी यसलाई सवल बनाउन र सबैभन्दा महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा परिचित र विकास गराउन आगामी नेतृत्वले सामुुदायिक वन मार्गदर्शन अनुसार उपभोक्ताहरुलाई विशेष प्राथमिकतामा राखी प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार