डा.धर्मेन्द्र कुमार शाहको प्रस्तुति रहेको गीत पहिलो भेटमै नजर जुध्यो सार्वजनिक

0
SHARES
6
VIEWS

झापा शिवसताक्षी –४ वोलोचौक निवासी डा.धर्मेन्द्र कुमार शाहको प्रस्तुति रहेको गीत पहिलो भेटमै नजर जुध्यो सार्वजनिक गरिएको छ ।

उक्त गीत बैशाख १ गते नयाँ वर्षको दिन बिहान ८ बजे डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

डा.धर्मेन्द्र कुमार शाहको शव्द , तोरेम्पा हाङ्गको संगीत र समिर सिटौलाको स्वर रहेको गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । त्यस्तै गीतको रेकर्डिङ स्टुडियो किंङमा गरिएको छ ।

बोलोचौक बिकास समितीको आयोजनामा केही समय पहिले भएको शिवसताक्षी अनलाइन सिङ्गिङ कम्पिटिसनमा विजेता भएका प्रतियोगिहरुमध्येका समिर सिटौलाले उक्त गीतमा स्वर दिएका हुन् ।

बोलोचौक बिकास समितीका अध्यक्ष समेत रहेका डा.धर्मेन्द्र कुमार शाहले शिवसताक्षी अनलाइन सिङ्गिङ कम्पिटिसनमा विजेता भएका प्रतियोगिहरुको प्रतिभालाई सम्मान गर्दै गीतमा स्वर दिन लगाइएको बताए ।

उनले आफूले आठ वटा गीत लेखेको र ती गीतहरुमा शिवसताक्षी अनलाइन सिङ्गिङ कम्पिटिसनमा विजेता भएका प्रतियोगिहरुको स्वर रहने बताए ।

लवस्टोरी डान्सिङ गीत पहिलो भेटमै नजर जुध्योले पहिलो भेटमै नजर जुधेपछि हुने अवस्थालाई प्रेमिल ढंगले प्रस्तुत गरेको छ ।

गीतका माध्यमबाट आफ्नो जन्मस्थान र त्यहाँको पर्यटन प्रवद्र्धन गर्दै आफ्ना क्षेत्रमा रहेका नवप्रतिभाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले आफूले गीत लेखेको उनले बताए ।

लामो समयदेखि सामाजिक काममा सक्रिय डा. धर्मेन्द्र कुमार शाहले आफ्नो जन्मदिन पनि सामाजिक कार्य गरेर मनाउँदै आइरहेका छन् । उनी दर्जनौं सामाजिक कार्यमा आवद्ध रहेका छन् ।

पहिलो भेटमै नजर जुध्यो गीत सार्वजनिकका लागी सहयोग गर्ने बोलोचौक बिकास समिती, मानदेव ताजपुरिया, सुमिना लो, मिना नेपाली, राधादेवी महतारालगायतलाई उनले धन्यबाद दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार