साँझमै लुटियो घाँटीबाट सुनको सिक्री-भाग्दा भाग्दै पक्राउ परे राजवंशी

0
SHARES
2
VIEWS

झापाको मेचीनगरमा हिजो साँझ घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा स्थानीय एकजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलिबारी बस्ने ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । उनले हिजो साँझ ७ः२५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा सिनको सिक्री थुतेका थिए ।

पैदल हिँडिरहेकी मेचीनगर नगरपालिका वडा नम्बर १२ सहरेडाँगी बस्ने २१ वर्षीया रचना आङदेम्बेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको हो ।

अपरिचित व्यक्ति साइकलमा आई अचानक घाँटीबाट सुनको सिक्री थुतेर भागेको भन्ने खबर प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

सिक्री थुत्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा राजवंशीलाई भाग्दै गरेको अवस्थामा भेटेर सुनको सिक्री र साइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।jhapatoday

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार