सकियो सर्वदलीय बैठक—इलाममा मतगणनाको तयारी सुरु

0
SHARES
1
VIEWS

इलाम–२ को मतगणना आज करिव ११ वजेदेखि सुरु हुनेछ ।

इलामको मतगणना आइतबार विहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम बजार स्थित गौतमबुद्ध सभा गृहमा हुनेछ ।

मतगणना सुरु गर्नुअघि विहान ७ वजेदेखि सर्वदलीय बैठक बसिरहेको छ । बैठकपछि मतगणना सुरु हुनेछ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको बताए ।

सर्वदलीय बैठकले मतगणना बारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ । वैठकमा सहभागी एक नेताका अनुसार करिव ११ वजेदेखि मतगणना सुरु हुने छ ।

इलाम–२ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम–२ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार