मानव बेचबिखन रोकथाममा क्रियाशीललाई मेची बोर्डरमा सम्मान

0
SHARES
2
VIEWS

सिमानाकामा रहेर मानव बेचबिखन नियन्त्रणतथा रोकथाममा उल्लेखयि भूमिका निर्वाह गरेको भन्दैं आइतबार झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टा र साना हातहरु नामक संस्थालाई सम्मान गरिएको छ ।

मानव बेचबिखन र लैङ्गिक हिंसाको अन्त्यको अभियान भन्ने मुल नारासहित नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा सक्रिय गैर सरकारी संस्था आफन्त नेपालले परियोजना समिक्षा कार्यक्रमको अवसरमा दुईवटा सुरक्षा निकायसहित एउटा संस्थालाई सम्मान गरेको हो । प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठ र साना हातहरु संस्थाका रमेश गुरुङ्गलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष एवम् क्षेत्रीय व्यवस्थापक उषा गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा मानव बेचबिखन र लैङ्गिक हिंसामा परेका र हिंसाको उच्च जोखिममा रहेका महिला तथा बालबालिकाहरुको उद्धार, पुनःस्थापना कार्यको लागि समन्वय र सहकार्यको निम्ती अहम भूमिका निर्वाह गरेको भन्दैं र यस कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको हो ।

संस्थाका काँकरभिट्टा शाखा प्रमुख मात्रिका ‐सरोज) गुरुङ्गले संस्थाले सन् २०२२ र २०२३ मा गरेका वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सन् २०२२ मा संस्थाले काँकरभिट्टा नाकामा ३ हजार १ सय ४५ जना र सन् २०२३ मा ६ हजार ३ सय ८३ जनालाई सूचना सम्पे्रषण गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, क्रमस १ हजार २ सय ९ र १ हजार ७ सय २३ जनालाई परामर्श सेवा, १ सय १६ र १ सय २५ जनालाई उद्धार तथा अवरोध, ८९ र १ सय २१ जनालाई प्रहरीको सहयोगमा घटना व्यवस्थापन, ४५ र ९४ जनालाई आपतकालिन आवास गृह सेवा प्रदान, १ सय ९ र १ सय ११ जनालाई पारिवारिक पुनःमिलन, ३/३ जनालाई कानूनी सहायता र ७ र १३ जनालाई सेफ होममा राखेको प्रतिवेदनमा उल्लेख छ ।

शाखा प्रमुख गुरुङ्गले प्रस्तुत गरेको दुईवर्षको प्रतिवेदनमा विभिन्न सीपमुलक तालिमका लागि २० जनालाई पुनःस्थापना केन्द्रमा सिफारिस गरेको उल्लेख छ । संस्थाका कर्मचारी कृतिका थामीले स्वागतसहित आफ्नो विगत र वर्तमान प्रस्तुत गर्दै अहिले आफ्नो लागि आफन्त नेपाल साच्चैको आफन्त भएको स्पष्ट पार्नुभयो ।
संस्थाका कर्मचरी सीता अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले मानव बेचबिखन नियन्त्रणमा कसैको पनि एक्लो प्रयास सफल नहुने भन्दैं सवैको भूमिका उत्तिकै आवश्यक पर्ने बताएका थिए । यसका लागि हरेकले एकआपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए ।

विगतको तुलनामा नेपालको सामाजिक तथा राजनीतिक स्वरूपमा परिवर्तन र सुधार आए पनि मानव बेचबिखन तथा ओसारपसारका प्रवृत्ति र समस्यामा भने कमी नआएको बोल्ने वक्ताहरुले टिप्पण्ी गरेका थिए ।

कमजोर आर्थिक अवस्था, जानकारीको अभाव, बेरोजगारी, घरेलु हिंसा, पारिवारिक संरक्षणको अभाव हुनु मात्र बेचबिखनका कारण नभई भड्किलो जीवनशैली वा विलासिताको चाहना हुनु तथा कम मेहनतमा धेरै धन कमाउने आकाक्षले पनि मानिसहरू विभिन्न जोखिममा पर्दै आएको प्रमुख अतिथि उपप्रमुख उप्रतेतीले बताउनुभयोmeromechinagarabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार