ऐलानी जमिनमा बस्दै आएका एकल महिला निरौलाको विचल्ली —भन्छिन खाने अन्न छैन म कहाँ जाउ ?

0
SHARES
23
VIEWS

राजकुमार ओली कालिझोडा १२ मेचीनगरझापा

कैलालीका द्वन्द पीडित दुर्गा निरौलाको परिवारको झापामा बिचल्ली भएको छ।

द्वन्दकालमा सेना पक्षबाट ज्यान गुमाएका दुर्गा निरौलाको परिवार यतिखेर घर नघाटको भएको पाइएको हो।

धनगढीको जगेडा विगमबाट बसाँइ सरेर झापाको मेचीनगर १२ कालिझोडा मा ऐलानी जग्गामा बस्दै आएका एकल महिला लक्ष्मी निरौला र परिवार लाई बस्दै आएको घरबाट निकालिदिएपछि बिचल्ली भएको हो।

काली झोडामा आठ कठ्ठा ऐलानी जमिन मा बनेको घरमा बस्दै आएका लक्ष्मी र छोरी रविना को घरधनी गणेश अधिकारीले घरबाट निकालिदिएपछि विचल्ली भएको छोरी रविनाले बताउनुभयो।

आफूहरू गणेश अधिकारीले भोग्दै आएको आठकठ्ठा ऐलानी माटोमा बनेको कच्ची घर रुंगेर बसेको र उक्त घरबाट अहिले निस्कन भनेपछि आफूहरूको जाने बाटो काहीँ नभएको र घरमा खाने अन्न समेत नहुँदा दुई साना छोराछोरीको समेत विचल्ली भएको रविनाले पूर्व खबरलाई बताउनुभयो ।

आफूहरूले दुई वर्ष देखि यो घरमा बस्दै आएको र बुबाको सेनापक्षबाट मृत्यु भएपछि आश्रय लिएर झापामा बस्दै आएको भए पनि अहिले स्थानिय गणेश अधिकारीको परिवारले निस्कन उर्दी गरेपछि आफूहरूको जाने बाटो काहीँ नभएको र घरमा एक छाक अन्न पनि नहुँदा बिचल्ली परेको बताउनुभएको हो।

आठ वर्षको एउटा छोरो ऋतिक र १६ महिनाको दिप्ति बिष्ट अनि एकल महिला आमालाई लिएर म अब कहाँ जाउँ, रोग लागेको छ आमा बिरामी हुनुहुन्छ, कालिझोडाको आठकठ्ठा ऐलानी जमिन रुंगेर बसेको छु। अब कहाँ जाउँ। गहभरी आँसु पार्दै एकल महिला लक्ष्मी बताउनुहुन्छ

सहारा खोज्दा आफूलाई आफ्नो घरधनी गणेश अधिकारी बाट अन्याय भएको र आफ्नो एकल महिलाको एकल महिला भत्ता कार्ड समेत जबरजस्ती खोसेर लगेको र निस्केर जान उर्दी दिएको बताउनु भएको छ

घरधनी गणेश अधिकारीको श्रीमती ले आफूले लक्ष्मीको एकल भत्ता कार्ड खोसेर आफूले राखेको र आफूसँग केही कारोबार भएकोले खोस्न बाध्य भएको साथै आफ्नो घरमा काम गर्न नआएपछि घरबाट निकालि दिएको बताउनुभएको छ।

आफ्नो घरमा काम गर्न बोलाउँदा समेत नआएपछि आफूले चर्चेर राखेको आठ कठ्ठा ऐलानी माटोमा बस्न दिएको तर आफूलाई नै अपमान गरेपछि एकल भत्ता कार्ड खोसिदिएको र घरबाट निकालिदिएको अधिकारीको श्रीमतीले बताउनुभएको हो।

मेचीनगर १२ का वडा अध्यक्ष मधुसुदन निरौलाले अधिकारी परिवारले भाडामा लगाएको ऐलानी माटोमा बसेका शहीद दुर्गा निरौलाका परिवारलाई ननिकाल्न र अर्को व्यवस्था नभएसम्म यही बसि यही बस्नको लागि वातावरण मिलाउन पहल गरेको र रविनाका आठ वर्ष र १६ महिनाका छोराछोरीको बिचल्ली नबनाउन अधिकारी परिवारलाई अनुरोध गरेको बताउनुभएको छ।
रविनाले धनगढी बस्दै स्थानीय देव बिष्टसँग विवाह गरेकी उनीबाट एक छोरी समेत जन्मिएको तर हाल उनी भारतमा बसेको र परिवारलाई व्यवस्था गरेका कारणले पनि यो परिवारको बिचल्ली भएको अध्यक्ष निरौलाले बताउनुभयो।

हाल देव बिष्ट भारतमा काम गरिरहेका छन् भने श्रीमती रविना र १६ महिने छोरी दिप्तीलाई समेत व्यवस्था गरेको स्थानीयहरू ले बताएका छन्
यो परिवारको अहिले घरमा एकमुखी चामल पनि छैन। रोगी श्रीमती भएपछि छाडेर भाग्न त पाइन्न नि स्थानीय बादल ढुंगाना बताउनुहुन्छ।निरौला परिवारको विचल्ली भएपछि अधिकारकर्मी भुपाल बस्नेतले आफुले समेत केही आर्थिक सहयोग गरेको तर आफुहरुको मात्रै सहयोगले यो एकल महिला र साना नानीहरुको परिवारलाइ केही नहुने र मनकारीहरुले केही व्यवास्था गरिदिन सके यो परिवारको विचल्ली हुने नहुने बताउनुहुन्छ ।

रविनाले आफ्नो बुवाले माओवादीको असल कार्यकर्ता भएर देशका लागि लड्दा लड्दै ६१ सालमा सेनापक्षबाट खैरेनीमा वीरगति प्राप्त गर्नुभएको तर हाल आफ्नो परिवार यस्तो अवस्थामा विचल्ली हुँदा पनि पार्टीबाट हुने सहयोग नपाउँदा आफूलाई झुन्डेर मर्न मन लागेको बताइन्।

आफू कहाँ जाउ अव , कहिँ छैन सहारा, गह भरि आँसु पार्दै रुबिना भन्छिन् अब मर्नुको विकल्प छैन। आत्महत्या गर्न मन लागेको छ। तर एकल महिला आमा र यी साना बालिका छाडेर कसरी मर्नु अब मेरो के छ विकल्प

२८ वर्षीय रुबिनाको गुनासो सुन्दा मन भक्कानिदो गरी फुटेर आउँछ। गणेश अधिकारीको परिवारले उनलाई जेठ १ गतेबाट आफ्नो घर खाली नगरे कुटेर निकाल्दिने अधिकारी परिवारले बताएको छ आफुलाइ २ महिना देखि जमिनको भाडा समेत नदिएपछि घर खाली गर्न लगाएको गणेश अधिकारीले पुर्वखवरलाइ बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार