बिर्तामोड झापा
घोडामारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन सम्पन्न भएको छ।आज बुधबार झापाको बार्दशी स्थित घोडामारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो।
बाह्रदशी गाउँ पालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई को
प्रमुख अतिथि ता मा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री जनार्दन निरौला , जग्गा दाताहरु बहादुर थापा र नर माया बस्नेत ,, छिमेकी खानेपानी संस्थाका अध्यक्षहरु ओम प्रकाश गौतम , राम कुमार पोख्रेल , पुर्व जनप्रतिनिधि बुध्दराज कार्की , घोडामारा खानेपानी -जागरण समितीका पुर्व संयोजक लक्ष्मी प्रसाद पकुवाल लगायतले अधिवेशनलाई शुभकामना मन्तव्य राख्दै घोडामाराको विकास र आर्थिक सहलीकरणमा खानेपानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।
कार्यक्रममा जग्गा दाताहरु टिकेन्द्र बहादुर थापा र नर माया बस्नेतलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । अधिवेशनमा अध्यक्ष द्वारा प्रस्तुत प्रगतिप्रतिवेदन कोषाध्यक्ष इन्द्र बहादुर बस्नेत द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन , दररेट निर्धारण , घोडामारा खानेपानी तथा सरसफाइ आयोजना र नव पाञ्चायन खानेपानी तथा सरसफाइ आयोजना विच मर्ज (समायोजन ) लगायका प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । उक्त अधिवेशनले रविन्द्र बहादुर कार्कीको अध्यक्षतामा रहेको उपभोक्ता समितिलाई पुन सर्वसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *