एमाले मेचीनगर को अध्यक्ष मा कार्की र उपसचिव मा ओली सर्वसम्मत

0
SHARES
2
VIEWS

नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्षमा राजु कार्की सर्वसम्मत चयन भएका छन् ।

एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

यही जेठ ५ गतेदेखि सुरु अधिवेशनले अध्यक्षमा कार्की, महिला उपसचिवमा जानुका ओली र सदस्यहरु टुंगाएको छ ।

निर्वाचन समितिले यसअघि सर्वसम्मत भएका बाहेकका उम्मेदवारहरुको आज दिउँसो ४ वजेदेखि साँझ ६ वजेसम्म दावी, विरोध र फिर्ताको समय तोकेको थियो ।

राति अवेरसम्म शिर्ष नेताहरुको वैठकपछि अध्यक्षका दुई जना प्रतिस्पर्धी राजु कार्की र जगन्नाथ भट्टराई मध्ये कार्कीलाई अध्यक्ष बनाउने निर्णय गरेका छन् ।

वैठकमा पार्टीका नेताहरु रविन कोइराला, मीना पोखरेल उप्रेती, विष्णु प्रसाई, श्रीप्रसाद मैनाली, गोपाल चन्द्र बुढाथोकी, देवकुमार राई, राजु पोखरेल लगायत रहेका थिए । ७५ जनाको कमिटीमा १६० जनाको उम्मेदवारी परेको थियो ।

तर, नगर कमिटीको उपाध्यक्ष, सचिव र पुरुष उपसचिवको टुंगो लाग्न बाँकी रहेको छ । श्रोतका अनुसार भोलि विहान १० वजेसम्म उपाध्यक्ष, सचिव र उपसचिवमा सर्वसम्मत नभए चुनाव हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार