नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा मेदनी दंगाल निर्वाचित—सचिवमा लक्ष्मी गुरागाईं

0
SHARES
18
VIEWS

नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा विष्णुप्रसाद प्रसाईं, सचिवमा लक्ष्मी गुरागाईं र उप–सचिवमा सागर राई निर्वाचित भएका निर्वाचन समिति संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए ।

शुक्रवार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्रीप्रसाद संग्रौला, तेजेन्द्र घिमिरे, दिलीप कुँवर, भोजराज ढकाल, मनकुमार श्रेष्ठ, मित्रप्रसाद थापा निर्वाचित भएका हुन् ।

त्यसैगरी, आदिवासी जनजातितर्फ निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे, धनप्रसाद लावती, रामप्रसाद सुहाङ र सुरज राई छन् । दलिततर्फ अर्जुनबहादुर विश्वकर्मा, महिला सदस्य कल्पना विश्वकर्मा, अल्पसंख्यकतर्फ कृष्ण माझी निर्वाचित भएका बताइएको छ ।

यसैगरी, लेखा समिति अध्यक्षमा प्रकाशचन्द्र पोखरेल, उपाध्यक्षमा लोकेन्द्र श्रेष्ठ, सचिवमा हेमराज पाण्डे तथा सदस्यहरुमा यामकुमार गौतम, ठाकुरप्रसाद ढकाल, निर्मला प्रसाईं, मालती लिम्बू, महिला सचिवमा कल्पना चौलागाईं (कोपिला) सर्वसम्मत भएका छन् ।

अन्य ४८ जना भूगोलबाट आउने सदस्यहरु वडाले नै सर्वसम्मत गरी पठाएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारी र खुला सदस्यहरुमा जेठ १० गते सर्वसम्मत चयन हुन नसकेपछि ११ गते निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार