एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको सम्पुर्ण तयारी पुरा

0
SHARES
8
VIEWS

नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।आज विर्तामोड नगर कमिटीले मुक्ति चोकमा झण्डा तथा व्यानर टाँगेर आफुहरुको तयारी पुरा भएको बताएको हो ।
विर्तामोड नगर अधिवेसन भोलि जेठ १३ गते एमालेका नेता तथा महासचिव शकंर पोखरेलले एक कार्यक्मका विच उद्घाटन गर्ने तयारी छ ।

सम्मेलनमा ४सय ९९ जना प्रतिनिधी छनौट भएको र सवै तयारी पुरा भएको पार्टी केन्द्रीय सदस्य एवं बिर्तामोड नगर कमिटी इन्चार्ज गीता अधिकारीले जानकारी दिनुभएको हो ।अधिकारीले
सो अधिवेशनको लोगो सार्वजनिक समेत गत हप्ता पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसक्नुभएको छ ।

‘अधिवेशनमा वडाबाट चुनिएका ४९९ प्रतिनिधिको सहभागिता रहनेछ ।

पार्टीको जिल्ला तथा नगरस्तरीय नेता एवं विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित सम्मेलनमा अध्यक्ष सुवास भट्टराईले, ‘अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताउनुभएको हो ।

सो अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने अधिवेसन विर्तामोडको सिटी सेन्टरमा आइतवार शुरु हुने आयोजकका सचिव शेखर कडेंलले जानकारी दिनुभएको हो ।अधिवेसनमा अध्यक्ष भटटराइ र सचिव कडेंल विच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार