विर्ता लेडी जेसिसको भवन परिसरमा बृक्षारोपण कार्यक्रम

0
SHARES
2
VIEWS

वीरता लेडी जेसीजले वातावरण दिवस मनाएको छ । सचिवालय परिसरमा वृक्षारोपण गरी लेडी जेसीजले वातावरण दिवस मनाएको हो ।

वातावरण दिवसको अवसरमा सचिवालय परिसरमा विभिन्न जातका २० वटा बिरुवा रोपिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच वृक्षारोपण गरिएको हो ।

अस्मिता कुरुङवाङकाे संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षहरू राधा सुब्बा, सुष्मा पौडेल, पार्वता बिमलीको आतिथ्य रहेको थियो ।

निवर्तमान अध्यक्ष संगीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार