मानव अधिकार रक्षक परिषद कोशीको अध्यक्षमा खरेल सर्वसम्मत

0
SHARES
80
VIEWS

राजकुमार ओली।
बिर्तामोड २६ जेठ शनिबार
मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशको तेस्रो सम्मेलनबाट झापाका विष्णु खरेल अध्यक्ष पदमा निर्वाचित भएका छन्

झापाको बिर्तामोडमा शुक्रबार र शनिबार भएको सम्मेलनबाट मानव अधिकारवादी खरेल सर्वसम्मत निर्वाचित भएका हुन्।

परिषद्को उपाध्यक्षमा मोरङका मन्जिता उपाध्याय महासचिवमा सुनसरीका कमल कोइराला सचिवमा झापाका दिपक दास र कोषाध्यक्षमा इलामका दिपा आचार्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक मनोहर पोखरेलले जानकारी दिनुभयो।

त्यस्तै सदस्यहरूमा कविता बाँस्तोला डाक्टर रूपक खनाल चञ्चला सुब्बा कुमार चुडाल उदयपुरबाट विनोद खतिवडा सुनसरी बाट दिपेन्द्र कुमार झा कविता सदा मोरङबाट बासुदेव अधिकारी तारा घिमिरे र तोया सुब्बा निर्वाचित भएका छन्
हिजो शुक्रबार भएको उद्घाटन समारोहमा कोशी प्रदेशका गृहमन्त्री डमरु बल्लभ अधिकारीले उद्घाटन गरेको सम्मेलनमा मानव अधिकारवादीहरू सोम थापा कोशराज न्यौपाने झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा परसाई उपप्रमुख नगेन्द्र संग्रौला लगायतले शुभकामना मन्तव्य दिनुहुँदै मानव अधिकारको सवालमा सबै एकचोटि हुनुको विकल्प नभएको धारणा राख्नुभएको थियो।
मानव अधिकार रक्षक परिषद कोशी प्रदेशले उदयपुरका अभियानकर्मी भरत खड्कालाई सम्मान गरेको थियो। त्यस्तै परिषदले हालसम्म अभियानकर्मीहरू लालराज सुवेदी प्रेम ओझा कोशराज न्यौपाने लगायतलाई सम्मान गरेको अध्यक्ष सोम थापाले जानकारी दिनुभयो।
सम्मेलन अध्यक्ष सोम थापाको सभापतित्वमा तथा महासचिव प्रकाश अधिकारीको सञ्चालनमा सम्पन्न भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार