निकै चासो र चर्चामा रहेको इलामको क्षेत्र नं २ मा मतगणना स्थगित

0
SHARES
33
VIEWS

निकै चासो र चर्चामा रहेको इलामको क्षेत्र नं २ मा पनि मतगणना स्थगित भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेको यो निर्वाचन क्षेत्रमा भर्खरै मात्र मतगणना स्थगीत भएको त्यहाँको निर्वाचन कार्यालयले जनाएको छ ।

मत गणना गर्दा त्यहाँ निर्वाचन अधिकृतको हस्ताक्ष बिनाको मतपत्र भेटिएको कारण मतगणना स्थगीत भएको जनाइएको छ । मतगणना स्थलबाट गठबन्धनका प्रतिनिधीहरु बाहिरिएपछि गणनाको काम रोकिएको बुझीएको छ ।

अन्तिम मत परिणाम सार्वजनिक हुने बेलामा त्यहाँ गणनाने स्थगीत भएपछि यसको चासो , चर्चा र चीन्ता बढेर गएको छ ।

पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नेम्वाङले १ सय ३० मतले अग्रता लिनु भएको थियो । सुरुवात देखीनै काग्रेस उम्मेदवार डम्बर बहादुर खड्कासँग तिव्र प्रतिस्पर्धामा रहनु भएका नेम्वाङले पछिल्लो मत परिणाममा नेम्वाङले २९ हजार १ सय ३५ र खड्काले २८ हजार ५ मत ल्याउनु भएको निर्वाचन आयोगको आधिकारिक पोर्टलमा उल्लेख गरिएको छ ।

अहिले यहाँ इलाम नगरपालिकाको वडा नं १ मात्रै मत गणना गर्न बाँकी रहेको छojalokhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार