झापामा १ लाख ४ हजार मत बदर,

0
SHARES
8
VIEWS

गत मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष निर्वाचनमा १ लाख ४ हजार ९८ मत बदर भएकाे छ ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यलय झापाका अनुसार झापा जिल्लामा कुल ६ लाख ६३ हजार ३ सय ११ मतादाता रहेकाेमा प्रतिनिधिसभा तर्फ ४ लाख ३६ हजार २ सय ६६ मत खसेकाे थियाे भने प्रदेशसभा तर्फ ४ लाख ३६ हजार ५ सय ८६ मत खसेकाे थियाे जस मध्ये प्रतिनिधिसभा तर्फ २३ हजार ९ सय ६०(५.८१ प्रतिशत) र प्रदेशसभा तर्फ २२ हजार ५ सय ६४(५.४५ प्रतिशत ) मत बदर भएकाे जानकारी दिएकाे छ ।

प्रतिनिधिसभाकाे समानुपतिकमा कुल ६ लाख ६५ हजार ७ सय ९१ मतादाता रहेकाेमा ४ लाख ३७ हजार ९ सय २४ मत खसेकाेमा २१ हजार ९ सय १९(५.२७ प्रतिशत) मत बदर भएकाे थियाे भने प्रदेशसभा समानुपातिक तर्फ कुल ६ लाख ६३ हजार ३ सय ११ मतादाता रहेकाेमा ४ लाख ३६ हजार १ सय ५० मत खसेकाेमा ३५ हजार ६ सय ५५(८.९० प्रतिशत) मत बदर भएकाे जिल्ला निर्वाचन कार्यलय झापाले जानकारी दिएकाे छ ।देसपरदेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार