हिक्मत कार्की , उद्धव थापा मुख्यमन्त्रीका बलियो दाबेदार …बहुमतका लागि चर्को रस्साकसी

0
SHARES
54
VIEWS

प्रदेश–१ मा भने सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच बहुमतका लागि चर्को रस्साकसी छ ।

प्रदेश–१ मा प्रत्यक्षतर्फ २४ सिट जित्दै एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले समानुपातिकतर्फ करिब १४ सिट जित्ने देखिएको छ । एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले प्रत्यक्षमा २ सिट जितेको छ भने समानुपातिकमा ४ सिट पाउने देखिन्छ । यो प्रदेशमा एमालेसँग गठबन्धन गरेको जसपाले प्रत्यक्षतर्फ जित्न नसके पनि समानुपातिकमा कम्तीमा १ सिट पाउनेछ । यस हिसाबले ९३ सदस्यीय प्रदेशसभामा एमाले गठबन्धनलाई बहुमत पुर्‍याउन २ वा ३ सिटको आवश्यकता पर्नेछ ।

प्रत्यक्षतर्फ २७ सिट (कांग्रेस १५, माओवादी केन्द्र ९ र एकीकृत समाजवादी ३) जितेको कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई पनि बहुमत पुग्न मुस्किल छ । सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब १५ सिट पाउने देखिएको छ । मत गणना जारी रहेको सुनसरी ४ (१) र ४ (२) मा कांग्रेस तथा सुनसरी ३ (२) मा एमाले अगाडि रहेको छ । दुईवटै गठबन्धनलाई समानुपातिकतर्फ १–२ सिटको तलमाथि भएको खण्डमा पनि स्पष्ट बहुमत पुग्ने सम्भावना छैन । यस्तो अवस्थामा समानुपातिकतर्फ १–१ सिट आउने सम्भावना बोकेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मंगोल नेसनल अर्गनाइजेसन निर्णायक हुन सक्छन् ।

प्रदेश–१ मा एमाले गठबन्धनबाट हिक्मत कार्की मुख्यमन्त्रीका बलियो दाबेदार हुन् । प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रहेका उनी एमाले स्थायी कमिटी सदस्य हुन् । अध्यक्ष ओलीनिकट भएकाले उनलाई मुख्यमन्त्री हुन सहज छ । एमालेले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उनलाई प्रदेशसभामा उठाएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनबाट भने कांग्रेस केन्द्रीय सदस्यत्रय अमृत अर्याल, प्रदीप सुनुवार, भीम पराजुली र प्रदेश सभापति उद्धव थापा र प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मुख्य दाबेदार हुन् । यीमध्ये थापा समानुपातिकको १ नम्बर सूचीमा छन् भने अन्य तीन जना प्रत्यक्षबाट निर्वाचित भएका हुन् । मुख्यमन्त्रीका दाबेदार रहेका गुरुराज घिमिरे र राजीव कोइराला प्रत्यक्षतर्फ पराजित भएका छन् । कोइराला प्रदेशसभाको अघिल्लो कार्यकालमै मुख्यमन्त्रीका दाबेदार थिए ।kantipurbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार