कर्णाली साकोसको सेयर बोनस ८+६ प्रतिशत

0
SHARES
29
VIEWS

बिर्तामोड । तरलता अभावका कारण लक्ष्यअनुरुप निक्षेप तथा कर्जा प्रवाह गर्न नसकेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले ८ प्रतिशत सेयर बोनस र संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारी सदस्यलाई थप ६ प्रतिशत लाभांश दिने भएको छ ।

कर्णाली साकोसले २२औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै आज सो बारे जानकारी गराएको हो । प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा संस्थाको शेयर ४३ करोड ७४ लाख ४ हजार १०० रुपैयाँ, बचत मौज्दात १ अर्व ८७ करोड २६ लाख ८३ हजार ९३० रुपैयाँ, लगानीमा रहेको ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२३ रुपैयाँ र जगेडा कोषमा १० करोड ७८ लाख ८८ हजार ४०२ रुपैयाँ रहेको छ ।

त्यस्तै संस्थाको स्थिर सम्पत्ति १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षमा संस्थाले १० करोड ७ लाख ४८ हजार ४२० रुपैयाँ नाफा गर्न सफल भएको छ । ५० हजार ६८४ जना शेयर सदस्य र ३४ वटा संस्थाहरु आवद्ध रहेको कर्णाली साकोसले ३ अर्ब ४६ करोड ७९ लाख ४० हजार रुपैयाँ सदस्यमाझ कर्जा लगानी गरेको छ ।

‘सहकारीका सदस्यहरुले अपेक्षा राख्ने पक्ष भनेको सुरक्षा र सुविधा नै हो’ प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष टसबहादुर प्रधानले भने, ‘कर्णाली साकोसले सदस्य उपचार कोष खडा गरेर बितेको आर्थिक वर्षमा मात्र ११५१ जनाको उपचारमा एक करोड ६७ लाख ३४ हजारभन्दा बढी खर्च गरेको छ ।’ उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न समस्यामा परेका ऋणि सदस्यहरुलाई कर्जामा पाकेको १३ लाख ४२ हजार ८७७ रुपैयाँ ब्याज पनि मिनाहा गरिएको छ ।

संस्थाले सामाजिक सुरक्षा अन्तर्गत सदस्य एवम् सदस्यको परिवारको मृत्युमा राहतस्वरुप ६९ लाख ३ हजार ९८० रुपैयाँ, ३२ जना ऋणि सदस्यको मृत्युमा १९ लाख २१ हजार ६०१ रुपैयाँ कर्जा मिनाहा गरिएको अध्यक्ष प्रधानले बताए ।

संस्थाका अध्यक्ष प्रधानको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका कोषाध्यक्ष एकराज बिष्ट, सञ्चालक समिति सदस्य गणेशप्रसाद पराजुली, गुञ्जन थापा, जानुका न्यौपाने ओली, निर्मला पाठक लुइटेल, कुमारीदेवी खड्का भट्टराई र कार्यकारी प्रमुख कुमार याक्सोले प्रतिवेदन सार्वजनिक गरेका हुन् । वार्षिक प्रतिवेदन सार्वजनिक गरेसँगै साधारण सभाको प्रक्रिया सुरु भएको जनाइएको छ ।

संस्थाले यही मंसीर २१ गतेदेखि पुस १७ गतेसम्म सात स्थानमा इकाईगत साधारणसभा गर्ने तयारी गरेको छ भने पुस २४ गते अन्तिम माइन्यूट प्रमाणिकरण गर्ने जनाइएको छ । प्रदेश १ का तीनवटा जिल्लाहरु झापा, इलाम र मोरङमा ३९ वटा सेवा केन्द्रबाट संस्थाले बचत तथा कर्जाको कारोबार गरिरहेको छ । तरलताका कारण ५० प्रतिशत असुलीमा कमी आएको र बचतसमेत ३०–४० प्रतिशत मात्र भइरहेको संस्थाका अध्यक्ष प्रधानले बताएका छन् ।

अध्यक्ष प्रधानका अनुसार आर्थिक वर्ष २०७८/०७९ को अन्त्यमा संस्थामा ५० हजार ६८४ जना सदस्य रहेपनि ३२२७ जना निष्कृय रहेकाले सार्वजनिक सूचना प्रवाह गरेर रकम फिर्ता लैजान वा सक्रिय कारोबार गर्न संस्थाले अवसर दिनेछ । ती बाहेक ४७ हजार ४५७ जना सदस्यहरुमाझ संस्थाले इकाई साधारणसभा गरेर चालू वर्षका लागि नीति तथा कार्यक्रम एवम् बजेट पारित गर्नेछ ।

संस्थाले पाँचजना ऋणीको धितो लिलामी गर्ने प्रस्ताव साधारणसभा लैजाने तयारी गरेको छ । साधारणसभाबाट ऋणीको धितो वापत राखिएको जग्गा लिलामीको निर्णय गराई बिक्री गर्ने तयारी गरेको हो ।

संस्थाका अध्यक्ष प्रधानका अनुसार जमिनको ठेगानाका आधारमा साविक खजुरगाछी–३ कि ऋणी महगीकुमारी महतो, बाहुनडाँगीका कोपिला कार्की, धुलाबारी–४ का चन्द्रकुमारी खड्का, बाहुनडाँगी–५ का पर्शुराम पोखरेल र भद्रपुर–३ कि कुमारी मगरको धितो वापत राखिएको जमिन लिलामी गरी कर्जाको साँवा ब्याज असुल गरिनेछ । अध्यक्ष श्रेष्ठले सदस्यको धितो लिलामी गर्ने उद्देश्य संस्थाको नरहे पनि लामो समयदेखि तागेता गर्दा पनि ऋणिहरुले कर्जा मिलान गर्नेतर्फ ध्यान नदिएकाले बाध्यताबस लिलामी गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार