ट्रयाक्टरसहित काठ नियनत्रणमा

0
SHARES
4
VIEWS

झापाको मेचीनगर–१ गाडागल्ली स्थित पातापुरबाट प्रहरीले दुई ट्रयाक्टर अबैध काठ बरामत गरेको छ । आज दिउसो २ :३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले ट्रयाक्टरसहित काठ नियनत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आउदै गरेको मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरको २ वटा ट्याक्टरहरु रोक्ने क्रममा चालकहरु भागे पछि शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा ल्याउदै गरेको सखुवा जातको गोलिया काठ फेला परेको नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा लिएको उक्त ट्याक्टरहरु मध्य मे १ त ३७४० नंम्बरको ट्याक्टर अन्दाजी १० लाख र मे १ त ७८५४ नम्बरको ट्याक्टर ८ लाख रहेको छ । २५० क्यु. फिट गोलिया काठ रहेको र उक्त काठ २ लाख ५० हजार बराबर मूल्य प्रहरीले अनुमान गरेको छ । काठ र ट्रयाक्टर गरि जम्मा २० लाख ५० हजार बराबरको समान नियन्त्रणमा लिएर आवस्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढी झापा बुझाइएको जिल्ला प्रहरी झापाका प्रवक्ता बसन्त पाठले बताए । ट्रयाक्टर चालक र धनीको नाम प्रहरीले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार