शिक्षासेवी हरि कुमार प्रसाईको निधन

0
SHARES
33
VIEWS

शिक्षासेवी हरिकुमार प्रसाईको निधन भएको छ । प्रसाई लामो समयदेखि अमेरिकामा थिए । उपचारका क्रममा आज उनको निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

झापाको शैक्षिक विकास र उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रसाई सरल र मिलनसार स्वभावका धनी व्यक्तित्व थिए । न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक प्रसाईको क्यान्सर रोगका कारण निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका थिए । न्यूटन्स एजुकेशन एकाडेमीपछि प्रसाईको अग्रसरतामा एभरेष्ट स्मार्ट स्कूल पनि सञ्चालन गरिएको थियो । दक्ष जनशक्ति उत्पादनका दृष्टिले ती दुबै विद्यालयले उत्कृष्ट नतिजा निकाल्दै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार