झापामा ३०६ वटा दुर्घटना… ५३ जनाको ज्यान गयो ,चेकजाँचमा कडाइ

0
SHARES
6
VIEWS

झापामा सवारी दुर्घटना बढेपछि चेकजाँचलाई कडाई गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोक जवेगुले दुर्घटना बढेपछि राती साढे १२ बजेसम्म चेकजाँच गर्न थालेको जानकारी दिए ।

दिउँसोभन्दा राती धेरै दुर्घटना हुन थाल्यो, जवेगुले भने – वल्र्डकपका कारण रातको समयमा आवातजावत बढेपछि चेकजाँचलाई समेत १० बजेबाट बढाएर साढे १२ सम्म पुर्याईको हो । यहि मंसिर महिनाको १७ दिनमा ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् । यो महिना ३६ वटा सवारी दुर्घटना भइसकेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत साउनमा ५९ वटा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । भदौमा ६० दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने असोजमा ७६ दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाए । अघिल्लो महिना कात्तिकमा ७५ वटा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएको तथ्याङक छ । चालु आर्थिक वर्षमा झापामा ३०६ वटा दुर्घटना भइसकेको छ । सो दुर्घटनाबाट ५३ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा २० वटा चेकपोष्ट रहेको झापा ट्राफिकले चेकजाँच कडाई गरिरहेको जनाएको छ । पर्याप्त जनशक्ति अभावका कारण चेकजाँचलाई थप प्रभावकारी बनाउन नसकेको बुझिएको छ ।

झापामा ट्राफिक प्रमुख जवेगुले आम नागरिकलाई सुरक्षित यातायातका साधन चलाउन आग्रह गरेका छन् । उनले ट्राफिक नियमको पालना गर्ने दायित्व सबै नागरिकको भएको बताए ।

शुक्रबार राती पौन १२ बजे अर्जुनधारा नगरपालिका–४ भाङबारीस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट राते खोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२– ०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका– १ निवासी ३५ वर्षीय गंगाराम काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही मोटरसाइकलमा पछाडि सवार फिदिम– १ निवासी ४० वर्षीय मिलन बस्नेतको टाउको र शरीरको विभिन्न भागमा चोटको छ । उनको बिर्तासिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोही रात ११ बजे मेचीनगर नगरपालिका– १० निन्दा पुलमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री नाम, थर ,वतन नखुलेको अन्दाजी ७० वर्षीय वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १–०१–१२ प ४३७१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । यता मोटरसाइकल चालक मेचीनगर– ८ बस्ने ३८ वर्षीय नकुल श्रेष्ठको टाउकोमा चोट लागेको र उनको उपचार भइरहेको छ ।ijalasbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार