ठगि धन्दा चलाउने झापाका एक व्यक्ति पक्राउ

0
SHARES
52
VIEWS

पोर्चुगल पठाइदिने लोभमा पारेर ठगि धन्दा चलाउने एक व्यक्ति समातिएका छन् । पक्राउ पर्नेमा झापा घर भई हाल भक्तपुर बस्ने ३८ वर्षीया सञ्जिव आचार्य रहेका छन् । उनले पोर्चुगल पठाइदिने भन्दै चार जनाबाट २७ लाख ठगेको आरोप लागेको छ ।

वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने र त्यँहा पुगेपछि प्रतिष्ठित कम्पनीमा फुड्स किपिङको काम लगाइदिने लोभ देखाएर आचार्यले लाखौँ रकम लिएको पीडितले बताएका छन् । रकम लिएर उनी सम्पर्कविहीन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् ।

प्रहरी टोलीले उनलाई आज भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा कारबाहीका लागि अभियुक्त आचार्यलाई वैदेशिक रोजगारी विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार