हात्तीको आक्रमणबाट श्रीमानको मृत्यु,

0
SHARES
23
VIEWS

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनालझोडा सामुदायिक वनमा घाँस काट्न गएका एक वृद्ध दम्पतीलाई मंगलबार जंगली हात्तीले आक्रमण गरेको छ।
हात्तीको आक्रमणबाट पति (श्रीमान)को मृत्यु भएको छ। पत्नी (श्रीमती) भागेर बाँचेकी छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–१० का ७३ वर्षीय जयप्रसाद बास्तोलाको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार श्रीमती जानुका बास्तोलासँगै घाँस काट्न जंगलमा गएका बेला जयप्रसादलाई बिहान ८ बजेतिर हात्तीले आक्रमण गरेको थियो।
घाँस काट्ने क्रममा अचानक जंगली हात्ती देखा परेपछि वृद्ध दम्पतीले भाग्ने प्रयास गरेका थिए। तर जयसप्रसाद भाग्न नसकि त्यहीँ लडे। श्रीमती जानुकाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ। जंगलबाट आत्तिदै भागेर गाउँ पुगेपछि हारगुहार गरी उनले गाउँलेलाई घटनाको जानकारी दिएकी थिइन्।

त्यसलगत्तै स्थानीय बासिन्दा जयप्रसादको खोजीका लागि जंगलतर्फ गएका थिए। स्थानीयले खोजी गर्ने क्रममा दिउँसो १ बजेतिर मुनालझोडा सामुदायिक वनभित्रै शव भेटिएको डीएसपी श्रेष्ठले बताए। शव फेला पारेपछि जंगलमा पुगेकाहरुले प्रहरीलाई घटनाको जानकारी दिएका हुन्।
श्रेष्ठका अनुसार जयप्रसादलाई मारेपछि हात्ती त्यहाँबाट अन्यत्र गएको हुनसक्ने अनुमान गरिएको छ। स्थानीय र प्रहरी पुग्दा घटनास्थल वरपर हात्ती फेला नपरेको उनले बताए।

उनका अनुसार मृत फेला पारिएका जयप्रसादको शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोटपटक छ। घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी श्रेष्ठले दिएonlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार