घुस खाएको आरोपमा नगर प्रहरी प्रमुख पाण्डे माथि हातपात…मलाइ फसाउन खोजियो… पाण्डे

0
SHARES
433
VIEWS

राजकुमार ओली

विर्तामोड नगरपालिकाका नगर प्रहरीका कमाण्डर किरण पाण्डेले घुस मागेको भन्दै स्थानियवासी आन्दोलित भएका छन ।
आज शुक्रवार नगरपालिका परिसरमा नै प्रमुख प्रशासकिय अधिकृतको नाम बेचेर वडा अध्यक्ष कृष्ण अविरल खरेलको अगाडी घुस मागिएको भन्दै स्थानियबासीहरु आन्दोलित भएका छन ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसकै दिन बिर्तामोड नगरपालिका वडा नं ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलकै अगाडि बिर्तामोड नगर प्रहरीका कमाण्डर किरण पाण्डेले घुस मागेपछि विवाद भएको हो ।

गत बुधवार राती बिर्तामोड स्थित नयाँ बसपार्कको चियावगानको छेउ, पूर्वपट्टि मोटरसाइकलमा फोहोर फाल्दा रविन्द्रकुमार भारतीलाई नगर प्रहरीले मोटरसाइकलसहित प्रकाउ गरेको थियो । फोहोरको पोकासहित भारतीको मोटरसाइकल नियन्त्रणमा लिएर नगर प्रहरीले नगरपालिका कार्यालय लिएर आएको थियो । फोहोर फालेवापत भारतीले शुक्रवार दिउँसो ४ हजार रुपैयाँ जरिवाना तिरेर अबदेखि त्यस्तो काम नगर्ने भनेर कागज गरेका थिए ।
त्यसपछि मोटरसाइकलको चाबी माग्दा नगर प्रहरीका कमाण्डर पाण्डेले वडाध्यक्ष खरेलकै सामुन्ने एक हजार रुपैयाँ घुस मागेका थिए । प्रमुख प्रशासकीय अधिकृतको नाम भजाउँदै वडाध्यक्षकै अगाडि त्यसरी खुल्लमखुल्ला घुस मागेपछि नगरपालिकामा विवाद भएको हो ।
बिलबिना कमाण्डर पाण्डेले घुसको लागि रकम मागेको भन्दै वडाध्यक्ष खरेलले तीब्र विरोध गर्नूभएको छ ।खरेलले भन्नुभयो समय हिजोको जस्तो छैन ,एक पैसा घुस खान र खुवाउन दिइने छैन ।तर नगर प्रहरीले मेरै अगाडी घुस मागेपछि स्थानियवासीहरु समेत आक्रोसित भएका हुन ।
मैले माफी मगाएर आइन्दा यस्तो गल्ति नगर्ने मौखिमरुपमा सम्झाएर छाडिएको खरेलले बताउनुभयो ।खरेल भन्नुहुन्छ ।यस्तो गल्ति आजबबाट उता गर्न कसैलाइ पनि छुट छैन हामी पुराना जनप्रतिनिधी होइनौ ।

जनप्रतिनिधिकै अगाडि त्यसरी घुस माग्नु भनेको बिर्तामोडमा नीतिगत भ्रष्टाचार व्याप्त देखिएको छ ।
तर नगर प्रहरी प्रमुख किरण पाण्डेले आफुलाइ गलत नियतमा फसाउन खोजिएको र घुस नमागेको हिमशिखर टेलिभिजनलाइ बताउनुभएको छ ।आफुले फोहोर सडकमा फ्याल्ने लाइ प्रकाउ गरि कानुन बमोजिम ४ हजार जरिवाना गराएको तर १ हजार घुस नमागेको पाण्डे बताउनुहुन्छ ।

घटनापछि भेला भएको भीडले घुस माग्ने पाण्डेसहितका नगर प्रहरीलाई हातपात गरेका छन् । उनीहरुले घुस माग्ने पाण्डेलाई तत्काल कामबाट निकाल्नु पर्ने माग गरेका छन् । बिर्तामोड नगर प्रहरीले यसअघि पनि अन्यसंग त्यसरी रकम उठाउने गरेको गुनासो सुनिने गरिएको स्थानिय बद्री प्याकुरेलले बताउनुभयो ।अव हामी विर्तामोडका सवै हिसावको निगरानी राख्छौ ।आज शुक्रवार नै किरण पाण्डेलाइ कार्यलय परिसरमै हातपात गरिएको विषयमा स्थानियवासीहरुले भने दुखेसो गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार