पाचौं हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल को औपचारिक समापन

0
SHARES
6
VIEWS

पाचौं हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल भारतको कोलकाता (कलकत्ता)मा आज आइतबार औपचारिक समापन भएको छ । समापन समारोहमा भारत पश्चिम बङ्गालका पर्यटनमन्त्री बाबुल सुप्रीओको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सव आयोजनाका नेतृत्वकर्ता राजबसु, महोत्सवका नेपाल संयोजक अर्जुन कार्की लगायत नेपाल, भारत, भुटान र बङ्गलादेशका पर्यटन व्यवसायीहरु तथा सन्चारकर्मीहरुको सहभागिता थियो ।

३ दिनसम्म चलेको महोत्सवमा विभिन्न मुलुकका पहाडी र हिमाली भेगका कृषि तथा घरायसी उत्पादनलाई प्रर्दशनमा राखिएको थियो । फेस्टिबलमा नेपाल, भारत, भुटान र बंगलादेशका सुन्तलासंगै, एभोकाडो, किवि, चिया, डल्ले खोर्सानी, घ्यु लगायतका हिमाल तथा पहाडी भेगका ग्रामीण कृषि उत्पादनकाे प्रदर्शनी तथा बिक्री भएको थियो ।

महोत्सवलाई १ लाख जनाभन्दा बढीले अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका नेतृत्वकर्ता राजबसुले जानकारी दिनुभयो । ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजित महोत्सवमा २ हजार ८ सय भन्दा बढी होमस्टेको प्रस्तुति, १७ सय भन्दा बढी ग्रामीण उत्पादनको प्रदर्शन र १५ सयभन्दा बढी सस्कृतीहरु प्रदर्शन भएको उहाँले बताउनुभयो ।

महोत्सवका नेपाल संयोजक अर्जुन कार्कीले हिमाली ग्रामीण भेगलाई व्यवसायिक रुपमा शहरसंग जोड्ने महोत्सवको मुख्य लक्ष्य भएको बताउनु भयो । कार्कीले नेपाली ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिएको बताउनुभयो । एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक समेत रहनु भएका कार्कीले यसपालिको महोत्सवले नेपाली उत्पादन भारतलगायतका राष्ट्रमा प्रवर्द्धनमा टेवा पुगेको बताउनुभयो । साथै कार्कीले महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान लगायतका विषयहरुमा पनि छलफल तथा प्रचार–प्रसार गरिएको बताउनुभयो ।

कोलकाता स्थिति सिटि सेन्टर वानमा समापन भएको महोत्सव अवधी भर विभिन्न देशका कलाकारहरुद्वार सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो । शुक्रबारबाट सुरु भएको महोत्सवको उद्घाटन नेपालकालागी कोलकातामा रहनुभएका महावाणिज्यदुत ईस्वरराज पोखरेलले गर्नुभएको थियो onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार