कम्वोडियाको होटलमा लागेको आगोमा परि झापाका पाण्डेको निधन

0
SHARES
2k
VIEWS

राजकुमार ओली विर्तामोड
कम्वोडियाको एक होटलमा भएको आग्लागीमा परि एक नेपालीको समेत मुत्यु भएको छ। अन्तराष्टिय झापाली समाजका अध्यक्ष दिपक ओलीको सहयोगमा एन आर एन कम्वोडियाका अध्यक्ष लालसिगं खडकाले दिएका जानकारी अनुसार झापाका निराकर पाण्डेको मुत्यु भएको हो ।
अहिले शवलाइ आइसमा राखिएको छ भने अन्य शवहरुलाइ स्थानिय प्रहरीले व्यावस्थापन गरिरहेको खडकाले पुर्वखवारलाइ बताउनुभयो ।आगलागीमा परेको होटलमा , झापा विर्तामोडका निराकर पाण्डे समेत रहेको र होटलमा आगो लागेपछि अध्यक्ष खडकालाइ आफुलाइ बचाइदिन अनुरोध गरेका थिए । पछिल्लो पटक फोन गरेका पाण्डेले आफु बसेको होटलमा भाग्ने सवै ढोकाहरु बन्द भएको र अव जिवित रहने सक्ने सम्भावना कम भैसेको टेलिफोनमा बताएको खडकाले जानकारी गराउनुभएको छ । ,त्यसपछि आफुले पाण्डेलाइ सम्पर्क गर्दा फोन नलागेको जानकारी दिनुभएको छ ।हाल यो होटलमा कति जनाको मुत्यु भएको कुनै आधिकारिक सख्याँ यकिन नभएपनि अन्य नेपालीहरु भएको प्रमाण आफुहरु सगँ नआएको खडकाले जानकारी दिनुभएको छ ।अन्तराष्टिय झापालाी समाजका अध्यक्ष दिपक ओलीले समेत आफ्नो गृह जिल्ला झापाका पाण्डे भएको थाहा पाएपछि सवै नेटवर्क प्रयोग गरेको तर बचाउन नसकेको जानकारी दिनुभयो ।।हाल पाण्डेको शवलाइ आइसमा राखिएको , साथै हाल होटलमा लागेको आगो नियन्त्रण मा आइसकेको भएपनि पानी हाल्ने काम भैरहेको खडकाले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार