अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न

0
SHARES
7
VIEWS

बैदेशिक रोजगारबाट फर्कीएका बेरोजगार व्यक्तिहरुको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको पुन एकीकरण कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज बिर्तामोडमा सम्पन्न भएको छ ।
रोजगार सेवा केन्द्र बिर्तामोड नगरपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका कार्यक्रमहरुबाट सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नु भयो । उहाँले स्थानिय श्रोतसाधन र सिपलाई प्रयोग गरेर सबै जना व्यवसायिक बन्नु पर्नेमा जोड दिनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आफुसंग सिप र ज्ञान भयो भनेमात्रै उत्पादनमुखि क्षेत्रमा लाग्न सकिने धारणा राख्नु भयो । उहाँले सामाजिक सञ्जालको प्रयोग गर्ने समयलाई कम गरेर कृषि,व्यापार,व्यवसाय,होटल लगायतका आयआर्जन मुलक क्षेत्रमा लाग्न सहभागिलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा वित्तिय पहुँच परामर्श सेवा, व्यवसाय विकास परामर्श सेवा, वित्तीय साक्षरता,पूँजी प्रवाह, मनोसामाजिक परामर्श, स्वारोजगार आय आर्जन, सीपविकास तालीम लगायतका विषयमा छलफल गरिएको थियो ।
४० जना भन्दा बढी सहभागि यस अभिमुखिकरण कार्यक्रमलाई सुरक्षित आप्रवासन (सामी) कार्यक्रम भद्रपुरका कार्यक्रम संयोजक फणिन्द्र प्रसाद दाहाल र रोजगार सेवा केन्द्र बिर्तामोडका संयोजक होमनाथ भट्टराईले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बैदेशिक रोजगारबाट फर्कीएका र टोलविकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार