भन्सार, अध्यागमन र प्रहरीको मिलेमतो विना विमानस्थलबाट तस्करी असम्भव … एआइजी शर्मा

0
SHARES
13
VIEWS

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका प्रमुखका रुपमा काम गर्नुभएका पूर्वएआएजी विज्ञानराज शर्माले तीन निकायको संलग्नताबिना बिमानस्थलबाट तस्करी संभव नहुने ठोकुवा गर्नुभएको छ ।

पूर्वएआइजी शर्माले भन्सार, अध्यागमन र प्रहरीको मिलेमतोविना विमानस्थलबाट तस्करी सम्भव नहुने निश्कर्ष सुनाउनु भएको हो । केही दिनअघि बिमानस्थलबाट एक क्वीन्टल सुन तस्करी भएको बिषयमा आफ्नो धारणा राख्ने क्रममा एआइजी शर्माले तस्करीमा तीन निकायकै संलग्न रहेको बताउनु भयो ।

जहाजमार्फत आउने यात्रु र ‘कस्ट्युम’सम्बन्धी विश्लेषण गर्ने जिम्मा अध्यागमन र भन्सारको हो । यस क्रममा केही गडबड भए मात्रै प्रहरीको भूमिका आउँछ । त्यसैले विमानस्थलस्थित भन्सार, अध्यागमन र प्रहरीको मिलेमतोविना तस्करी हुनै सक्दैन

‘विमानस्थलको सुरक्षामा नेपाल प्रहरी, अध्यागमन, भन्सार, गुप्तचर, सशस्त्र प्रहरीदेखि नेपाली सेनासम्मको संयुक्त सुरक्षा संयन्त्र रहन्छ । सुरक्षामा खटिएका सबैको भूमिका फरक–फरक छन,’ पूर्वएआइजी शर्माको भनाई छ, ‘त्यसमध्ये जहाजमार्फत आउने यात्रु र ‘कस्ट्युम’सम्बन्धी विश्लेषण गर्ने जिम्मा अध्यागमन र भन्सारको हो । यस क्रममा केही गडबड भए मात्रै प्रहरीको भूमिका आउँछ । त्यसैले विमानस्थलस्थित भन्सार, अध्यागमन र प्रहरीको मिलेमतोविना तस्करी हुनै सक्दैन ।’janatatimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार