बिर्ता लेडि जेसिसले गर्यो निशुल्क शिविर-३९० जनालाई लिए सेवा

0
SHARES
1
VIEWS

वीरता लेडी जेसीजले शनिबार झापाको अर्जुनधारा-६ स्थित गरमकाली मन्दिरमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको हो ।

आँखा शिविरमा ३९० जनाले आँखा जाँच गराएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।
अध्यक्ष ओलीका अनुसार नौ जनामा माेतिया बिन्दुको सङ्क्रमण भेटिएको छ ।
मोतिया बिन्दु देखिएका ती बिरामीको मेची आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको अध्यक्ष ओलीले जानकारी दिइन् ।
आँखा जाँच गराएकाहरूलाई अस्पतालकै व्यवस्थापनमा औषधि र चश्मा निःशुल्क वितरण गरिएको छ ।

अर्जुनधारा वडा नम्बर-६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा आयोजित शिविरमा बिहानी टोल सुधार समितिका अध्यक्ष गोपाल चुडाल, लालीगुराँस महिला समूहकी अध्यक्ष मीना चुडाल, आँखा अस्पतालका तर्फबाट नेत्र सहायक निरज दाहाल र अप्टिकल डिपार्टका नेत्रा अधिकारीको आतिथ्य रहेको थियो ।

समुदायका नागरिकलाई सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रमको औचित्यमाथि लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता चिमरियाले प्रकाश पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार