झापाका खेलाडीलाई गरियो बिदाई

0
SHARES
1
VIEWS

नेपालकै प्रतिष्ठित फुटबल एकाडेमी पोखराको सहारा फुटबल एकाडेमीमा छनोट भएका झापा अर्जुनधाराका दुईजना विद्याथीलाई विदाइ गरिएको छ ।

हस्दा र मुर्मूलाई पाँच वर्षका लागि सहारा फुटबल एकाडेमीले छनोट गरेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए ।

अर्जुनधारा-५ का मिसन हस्दा र अर्जुनधारा-११ का मिलन मुर्मू एकाडेमीमा छनोट भएपछि आज उनीहरुको विदाइ गरिएको हो ।

झापा बिर्तामोड-२ को एकता स्पोर्टिङ क्लबमा प्रशिक्षण लिँदै आएका मिसन हस्दा एन्फा अन्डर १३ मा छनोट भए पनि उनलाई सहारामा पठाइएको क्लबका अध्यक्ष किरण पौडेलले बताए ।

बिर्तामोड-२ को मोहनमाया माविमा कक्षा-५ मा अध्ययनरत हस्दा बुबा छैनन् । महारानीगञ्ज माविमा पढ्दै आएका मुर्मूका आमाबुवा छैनन् । लोपोन्मुख जाति सन्थालको सूचीमा रहेका उनीहरु विपन्न परिवारका सदस्य हुन् ।

मामाका अनुसार एकाडेमीले फुटबलमा सम्भावना बोकेका आर्थिक अवस्था न्यून भएको परिवारबाट बाल अवस्थामा नै छनोट गरी खेलाडीको जिम्मा लिने गरेको छ ।

सहारा फुटबल एकाडेमीका लागि प्रस्थान गरेका दुवै विद्यार्थीको स्वास्थ्य परीक्षणमा सफलता मिलेपछि खान, बस्न, अध्ययन र फुटबल खेल्नका लागि वातावरण तयार हुने बताइएको छ ।

आज उनीहरु पोखरा प्रस्थान गर्नुअघि एकता स्पोर्टिङ क्लब र झापा जिल्ला फुटबल संघले विदाइ गरेको हो ।

विदाइका क्रममा झापा जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भण्डारीले ट्र्याक सुट, झापा गोल्डकपले यातायात खर्चबापत नगद १० हजार, एकता स्पोर्टिङ क्लबले ट्र्याक सुट, बिर्तामोड २ र अर्जुनधारा ५ वडा कार्यालयले फुटबल बुट, संघका कोषाध्यक्ष भुपेन लिम्बू र सदस्य टेकराज तिलिङ ले २–२ जोर बुट, उपाध्यक्ष मनेष दाहाल र सदस्य अमिर श्रेष्ठले ब्याग तथा बिर्तामोडको जोया स्पोर्टसले खेल सामग्री उपलब्ध गराएका थिए ।

चैत २९ र ३० गते भएको छनोटमा झापाबाट ३२ जना खेलाडी छनोट भएका थिए । अखिल नेपाल फुटबल संघको कार्यक्रमअनुसार अन्तिम चरणको छनोट कार्यक्रम बैशाख ८ गते भएको थियो ।jhapatodaybata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार