क्यान्सर पीडित हल्दीबारीका पिताम्बर खतिवडाले आफ्नो ज्यान बचाइदिन आग्रह

0
SHARES
70
VIEWS

राजकुमार ओली अधिकारी चोक हल्दीबारी झापा
फोक्सो र घाँटीको क्यान्सर पीडित हल्दीबारी ५ का पिताम्बर खतिवडाले आफ्नो ज्यान बचाइदिन आग्रह गर्नुभएको छ।
आज झापाको हल्दीबारी स्थित अधिकारी चोकमा रहेको आफ्नै घरमा पत्रकार सम्मेलन गरी क्यान्सर पीडित पिताम्बर खतिवडाले आफूलाई फोक्सो र घाँटीमा क्यान्सर भएकोले आर्थिक अभावको कारण उपचार गर्न नपाएपछि सहयोग गर्न अनुरोध गर्नुभएको हो।
गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था खतिवडाको घरमै पुगेर पत्रकार सम्मेलन गरी मनकारी मनहरुलाई सहयोग गर्न र खतिवडाको जीवन बचाइदिन अनुरोध गरेको छ
संस्थाका अध्यक्ष भुपाल बस्नेतले आफूले समेत बुवाआमा क्यान्सर बाट नै गुमाएकोले अबको दिनमा पिताम्बर खतिवडाको पनि आर्थिक अभावमा ज्यान गुम्न नपरोस् भनी पत्रकार सम्मेलन आयोजना गरी सहयोग माग्न खोजिएको बताउनुभएको हो।
गत भदौमा आफ्नो बुवा को घाँटीमा समस्या देखेपछि विभिन्न अस्पताल हुँदै भरतपुरसम्म लगेर उपचार गराएको तर आर्थिक अभावमा असम्भव भएपछि आर्थिक सहयोग गर्दिन सबैसँग अनुरोध गरिएको छोरी चित्रकला पोखरेलले अनुरोध गर्नुभएको हो।

जलथल को जङ्गलसँगै टाँसिएको आफ्नो सानो झुपडी मा आर्थिक अवस्था कमजोर भएका खतिवडा परिवारले सबैसँग हात जोडेर आफ्ना बुवालाई बचाइदिन आग्रह गरेका हुन्।
चार छोरी र एक छोरा भएका पिताम्बर खतिवडाको श्रीमती पार्वता खतिवडाले आफ्नो श्रीमानलाई आफूले गुमाउन नचाहेको तर आर्थिक अवस्थाका कारण श्रीमानलाई बचाउन असहज भएकोले सबैले सहयोग गरिदिए आफ्नो श्रीमान बाँचिदिने आशा पलाएको बताउनुभएको छ।
आफ्ना छोरा डिलीराम खतिवडाको कुमारी बैंक दमक शाखामा रहेको खाता नम्बर ०९ ९ ०२६ ४७ २७ २०००१ मा सहयोग गरिदिनु भएमा आभारी हुने खतिवडा परिवारले आशा राखेको बताएको छ।
पत्रकार सम्मेलनमा हल्दीबारी ४ का वडा अध्यक्ष सन्तोष थापा मगर हल्दीबारी ५ का वडा अध्यक्ष खड्ग लावती तथा स्थानीय अगुवाहरुले आफूले समेत सहयोग गर्ने र सबैको सहयोगले आफ्ना स्थानीयवासी लाई बचाउन पहल गर्नुपर्ने बताउनुभएको छ।
आज नै स्थानीय अगुवा सुमन निरौलाको संयोजनमा २१ सदस्य पिताम्बर खतिवडा बचाउ अभियान मूल समिति निर्माण गरिएको र टोलटोलमा पाँच पाँच जनाको आर्थिक समिति निर्माण गरी अभियान थालिएको गंगामाया नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भुपाल बस्नेतले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार