क्षमता विकास तालिम बिर्तामोडमा सुरु

0
SHARES
3
VIEWS

स् वडा सदस्यहरुको लागि एक दिने क्षमता विकास तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस प्रकारका तालिम, गोष्टीले काममा आत्मविश्वास् बढ्ने बताउनु भयो । उहाँले तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै जनप्रतिनिधिले जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

यस्तै उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जनप्रतिनिधिले पार्टीगत आधारमा नभई स्वतन्त्र र न्यायिक ढंगले जनतालाई सेवा सुविधा दिनु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानिय सरकारको सुशासन दिने कुरामा पच्पन्न जना जनप्रतिनिधि नै लागेको बताउनु भयो ।

विकास योजनाको अवधारणा, स्थानीय तहको योजना प्रक्रिया, स्थानिय सुशासन र जवाफ देहिता, जलवायु परिवर्तनमा स्थानीय तहको भुमिका, उपभोक्ता समिति र लेखा पद्दति लगायतका विषयमा तालिम प्रदान गरिनेछ । नगरपालिकाका योजना शाखा प्रमुख जय तिम्सिना, लेखा अधिकृत तेजेन्द्र तामाङ, गैर सरकारी संस्था महासंघका प्रदेश सचिव सोमराज ढकाल र झापा सचिब विजय तिम्सिनाले प्रशिक्षण दिने जनाइएको छ ।

गैर सरकारी संस्था महासंघको सहयोगमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा ४३ जनाले सहाभागिता जनाएका छन् । तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, गैर सरकारी संस्था महासंघका अध्यक्ष कृष्ण प्रसाद दंगाल, महासंघका केन्द्रिय सदस्य छवि खतिवडा, कोषाध्यक्ष मनोज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार