पोखरी मावि आठराइमा भष्टाचार गरिएको आरोप … शैक्षिक सुधारमा समस्या,

0
SHARES
46
VIEWS

राजकुमार अ‍ोली
विर्तामोड,
पोखरी मावि आठराइ ,तेह्रथुमको आर्थिक कारोवारमा भष्टाचार गरिएको भन्दै प्रअ सग्रौला र पुर्व सभासद कन्दङ्खवा विच आरोप चुलिएको छ ।

प्रअ देवी प्रसादले सभासद समेत रहेका विध्यालय व्यावस्थापन समितीका अध्यक्ष तेजमान कन्दङ्वाले झापामा रहेको जमिनको ठेक्का उठाएर नबुझाएको आरोप लगाउनुभएको छ ।

विध्यालयको लिखित सम्झौता विना नै अध्यक्षले झापाको कन्काइ नगरपालिका र झापा गाँउपालिकामा रहेको जमिनको ठेक्का उठाउन गएको र आर्थिक हिनाविना गरेको प्रअ सग्रौलाको आरोप छ ।
तर विध्यालयका अध्यक्षले प्रअ देवी प्रसाद सग्रौलाले पुस्तकालय निर्माणमा अनियमितता गरेको ,विध्यालयमा भौतिक सरंचना निर्माण देखि अन्य धेरै काममा भष्टाचार गरेको आरोप समेत लगाउनुभएको छ ।अध्यक्ष कन्दङ्खवाले सग्रौलाले स्कुलमा राजनिती गरेर पोखरी माविको शैक्षिक गुणस्तर समेत विगारेको आरोप छ ।
आर्थिक अनियमितता गरेको आरोप लगाउदै अध्यक्ष र प्रअ विचको विवाद बाहिरिएपछि पोखरी माविको शैक्षिक गुणस्तरमा समस्या देखिएको स्थानियहरुको गुनासो बढेको छ ।हाल पुर्व सभासद र प्रअ विच आर्थिक अपचलन भएको भन्दै कानुनी प्रकिृयाका विच समेत बेथिती बढेको भन्दै अदालतमा समेत परेपछि विवाद बाहिर आएको हो ।सवोच्च अदालत सम्म पोखरी माविको समस्या लिखित रुपमा मुद्दा नै परेको प्रअ सग्रौलाको दावी छ ।
प्रअले , अध्यक्षले झापामा रहेको जमिनको ठेक्काबाट उठेको पैसाको कमिसन खान खोजेको ,ठेक्काको उठेको जमिनको पैसा समयमा बैक दाखिला नगरेको,ठेक्काको पैसा स्कुलको आम्दानीमा नवाँधेको ,कुरा गरेपछि गाली गलौज समेत गरेको,आठराइ गाँउपालिकाले गरेको निर्णय लाइ वेवास्था गरेको प्रअको आरोप छ भने अध्यक्षले प्रअले समेत आर्थिक भष्टाचार गरेकोले त्यो खोज्ने अधिकार आफ्नो पनि भएको बताउनुभएको छ ।विवाद चुलिएपछि हाल झापाको विर्तामोडमा बसेर विवादलाइ मिलाउने कोशिस भएको छ तर दुवै पक्षले आफनो कमजोरीलाइ सच्याउनु जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार