बिर्तामोडबाट खैरो हिरोइन सहित तीन जना पक्राउ

0
SHARES
10
VIEWS

बिर्तामोडबाट लागु औषध (खैरो हिरोइन) सहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो कार्यालय कांरकभिट्टाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई आज बिहिबार बिर्तामोडबाट पक्राउ गरेको हो ।

बिर्तामोड ७ बस्ने ३२ बर्षीय डिल्लीबहादुर खड्काले लागु औषध खैरो हिरोइन सेवन तथा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले उनलाई बिर्तामोड स्थित हनुमान कमप्लेक्स अघिबाट आज दिउंसो २ बजे पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका खड्काको सुचनाका आधारमा अरु २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खड्का सहित बिर्तामोड ९ बस्ने ३० बर्षीय मोहन टुडु र सोहि ठेगनाका ३७ वर्षीय सोम मड्डी रहेका छन् । टुडु र मड्डीलाई प्रहरीले बिर्तामोड ३ बिर्ताबजार स्थित गोसलाइनबाट अहिले सांझ ४ बजे पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९८ ग्राम २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । उनीहरु लगुऔषत्र प्रयोग कर्ता तथा कारोबारी भएको जनाइएको छ ।

साथै प्रहरीले उनीहरुले चलाउंदै आएको २ वटा मोटरसाइकल र १ वटा स्कुटर पनि नियन्त्रणमा लिएको छ । उनीहरुलाई थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार