अपाङ्गमैत्री सेवा सरोकार संस्था मेसिन प्रयोग गरेर अगरबत्ती उत्पादन गर्दै —मेचीनगर नगरपालिकाको २ लाख अनुदान

0
SHARES
2
VIEWS

अगरबत्ती उत्पादन सुरु गरेको एक वर्षपछि मेचीनगरको अपाङ्गमैत्री सेवा सरोकार संस्थाले मेसिनमार्फत उत्पादन सुरु गरेको छ ।

मेचीनगर-१० मा रहेको संस्थाले यसअघि चारजाना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट अगरबत्ती उत्पादन गर्दै आएको थियो ।

झापाका विभिन्न बजारमा आफ्नो पहुँच बनाउँदै आएको संस्थाले बजारको मागलाई ख्याल गर्दै मेसिन भित्र्याएको अध्यक्ष राम बुढाथोकीले बताए ।

पछिल्लो समय बजारमा अगरबत्तीको माग बढ्न थालेपछि मेचीनगर नगरपालिकासँग अनुरोध गरेर मेसिन खरिद गरिएको उनले जानकारी दिए । नगरपालिकाले मेसिन खरिदका लागि २ लाख रुपैयाँ अनुदान दिएको थियो ।

संस्थाले विराटनगरबाट अगरबत्ती उत्पादनको लागि कच्चा पदार्थ ल्याउने गरेको बुढाथोकीले जानकारी दिए । मेसिनको प्रयोगबाट दैनिका ४५ केजीसम्म अगरबत्ती उत्पादन गर्न सकिने उनले बताए ।

अपाङ्गमैत्री सेवा सरोकार संस्था फरक क्षमता भएका व्याक्तिहरुको साझा संस्था हो । मेचीनगर १० स्थित ढाटमा रहेको यो संस्था २०७८ सालमा स्थापना भएको थियो । संस्थामा हाल ४० जना सदस्य रहेका छन् ।jhapatodaybata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार