सामुदायिक प्रहरी क्रिया पुत्री भवन निर्माणमा सहयोग जुटदै …देवी सग्रौलाले दुइ महिनाको तलव हस्तान्त्ररण गर्ने घोषणा

0
SHARES
25
VIEWS

विर्तामोडमा क्रिया पुत्री भवन बनाउने योजनाका साथ सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवी सग्रौलाले दुइ महिनाको तलव हस्तान्त्ररण गर्ने घोषणा गर्नूभएको छ ।
सामुदायिक प्रहरीका अध्यक्ष समेत रहनुभएका सग्रौलाले विर्तामोड ४ मा रहेको सामुदायिक कृयापुत्री भवन निमार्णमा आफु जागिरे भएको प्रहरीको तलवबाट पेन्सनबाट आउने मध्येको २महिनाको तलव हस्तान्त्ररण गर्ने बताउनुभएको हो ा।

सोहीअवसर पारेर सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका पुर्व अध्यक्ष अर्जून मैनालीले ५१हजार,उपाध्यक्ष सन्जिव चापांगाइले ५१हजार तथा तेजेन्द्र उप्रेतीले २१ हजार ,ध्रुव आचार्यले १५हजार र टिकेन्द्र सगै्रालाले ११हजार रुपैया दिने घोषणा गर्नूभएको छ ।
सस्थांका निर्वतमान अध्यक्ष उत्तम खनालले आफ्नो वुवा गणेश खनालले ५ लाख रुपैया दिने घोषणा गरिसकेको जानकारी गराउदै आफुले समेत सहयोग गर्ने बचन दिनुभएको छ ।सामुदायिक प्रहरीको नाममा रहेको जमिन एक बेकरी उद्दोगलाइ लिजमा दिएको हाल जमिन खाली भएकोले भवन निमार्णा आफुहरु जुटेको महासचिव लक्ष्मी गौतमले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार