बिर्तामोड ४ सेमिफाइनलमा प्रवेश

0
SHARES
4
VIEWS

वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा बिर्तामोड ८ लाई पराजित गर्दै बिर्तामोड ४ विजयी बनेको हो ।

बिर्तामोड ४ का लागि न्यूटन लाम्गादेले २ गोल गरे । पहिलो हाफको ३१औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका लाम्गादेले दोस्रो हाफको ३२औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

बिर्तामोड ४ का लागि मलिन लिम्बू र बिशाल बस्नेतले एक–एक गोल गरे । दोस्रो हाफको १०औं मिनेटमा मलिन लिम्बू टिमका लागि दोस्रो र १६औं मिनेटमा बिशाल बस्नेतले तेस्रो गोल गरेका थिए ।

बिर्तामोड ८ का लागि भने खेल सुरु भएको १ मिनेट ५० सेकेन्ड जाँदा सनम राईले पहिलो गोल गरेका थिए । खेलको सुरुमै गोल गरेको बिर्तामोड ८ ले पहिलो हाफको ३१औं मिनेटसम्म अग्रता कायम राखेको थियो । ३१औं मिनेटमा बिर्तामोड ४ का न्युटन लाम्गादेले गोल फर्काएपछि खेल बराबरीमा फर्किएको थियो ।

दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको बिर्तामोड ८ ले ३ गोल खाँदा १ गोल मात्रै फर्काउन सक्यो । उसका लागि दोस्रो हाफको १९औं मिनेटमा बर्दान मैनालीले थप एक गोल फर्काएका थिए ।

विजेता टोली बिर्तामोड ४ का लागि २ गोल गर्ने लाम्गादे आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद १५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार चौथोे क्वाटरफाइनल खेल बिर्तामोड १० र बिर्तामोड ६ बीच हुने आयोजक समितिका उपाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।sajhamanch

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार