यतिको घर बनिन्छ भन्ने सोचेका पनि थिएनौँ …उनीहरुलाई खान–बस्न समस्या थियो ..वस्नेत परिवार

0
SHARES
8
VIEWS

मेचीनगर–३ स्थित दोकान डाँडाका छत्रबहादुर बस्नेत (ठूले) र प्रदिप बस्नेतको पानी पर्न थालेपछि टिन चुहिने भएर पानी घरभित्र पस्ने गरेकाले उनीहरुलाई खान–बस्न समस्या थियो ।

बुबा–आमाको पहिले नै निधन भएको र उक्त घरमा दुई दाजु–भाइ मात्र बस्दै आएका थिए । दुबै दाजु–भाइ सुष्त छन् ।

वस्नेत परिवारको विचल्ली देखेर पत्रकार एवम् शिक्षक बानियाँले सो विषयमा समाचार लेखेका थिए । पत्रकार बानियाँ त्यहि वडाका स्थानीय पनि हुन् । त्यो शिर्षकको समाचारले स्थानीय तथा देश–विदेशमा रहेका युवाहरुले घर निर्माणमा सहयोग गर्ने पहल गरे ।

स्थानीय नव ज्योति युवा क्लब, दोकानडाडा र बाहुनडाँगी जेसिजका युवा तथा समाजसेवीहरुको पहलमा वस्नेत दाजु–भाइको घर निर्माण गर्न सुरु गरिएको थियो ।

नव ज्योति युवा क्लबका अध्यक्ष एवम् घर निर्माण समितिका संयोजक सुमन थापाको नेतृत्वमा गत भदौ महिनामा वस्नेत दाजु–भाइको घर निर्माणको पहल भयो ।

वस्नेत दाजु–भाइ नै बसिरहेको टिन चुहिने छाना र टाडीको बेरा हटाएर सोही जग्गामा घर बनाउने गरी भदौ दोस्रो साता गाउँकै स्थानीय ज्येष्ठ नागरिक पञ्चविर राई र धनकुमारी रायाले संयुक्त रुपमा शिल्यान्यास गरे ।

ज्येष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ स्थानीय गाउँले, देश–विदेशमा रहेका युवा तथा विभिन्न समाजसेवीहरुले घर निर्माणमा सहयोग गरेका छन् ।

सिमेन्ट र ईटाले बनेको तीन कोठे घरको छानामा ट्रष्ट लगाइएको छ । गत भदौ १६ गते बनाउन सुरु गरिएको घरमा आज एक कार्यक्रमकाबीच बाजा गाजासहित वस्नेत दाजु–भाइलाई नयाँ कपडा लगाएर घरमा भित्राइएको छ ।

घर निर्माणका लागि हालसम्म ६ लाख ५० हजार खर्च भइसकेको घर निर्माण समितिका सचिव देबु बानियाँले जानकारी दिए । घरमा विद्युत जडानको काम भइरहेको छ भने पानीको धारा, शौचालय र रंगरोगनको काम बाँकी रहेको उनले बताए । आगामी मंसिर ८ गतेभित्र घर निर्माणको सबै काम सकिने उनको भनाई छ ।

कार्यक्रममा मेचीनगर–४ का पूर्व वडाध्यक्ष एवम् बाहुनडाँगी जेसिजका संस्थापक अध्यक्ष नविन बराल, मेचीनगर–१० का वडा सदस्य एवम् हरि हलेसी मेडिकलका सञ्चालक सम ओझा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

घर निर्माण समितिका कोषाध्यक्ष प्रमेश थापाले स्वागत मन्तव्य राख्दै सबैको सहयोगले वस्नेत दाजु–भाइलाई नयाँ घरमा भित्राउन पाइएकोमा हामीसबै खुशीको पात्र बनेको बताए ।

‘वर्खाको बेलामा पुरानो टिनको छानोबाट पानी चुहिएर सिरक–डस्ना भिजेको त्यो अवस्था सम्झिदा दुःख लाग्छ’, वस्नेत दाजु–भाइले भने–‘अहिले सबैको सहयोगमा यतिको घर बनिन्छ भन्ने सोचेका पनि थिएनौँ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्ने सम्पूर्णमाह्दयदेखि दशहात जोडेर नमन गर्दछौँ ।’mechinagaronolinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार