इलाम २ मा उत्साहजनक रुपमा मतदान हुँदै

0
SHARES
1
VIEWS

इलाम निर्वाचन क्षेत्र –२ मा ५१ प्रतिशत मत खसेको छ ।

दिउसो ३ बजेको तथ्याङ्क अनुसार ६० हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
खसेको मत संख्याको आधारमा यो ५१ प्रतिशत हुन आउछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ ।

एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । ६ पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ । साझ ५ बजे सम्ममा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई जति समय लागे पनि मतदान गर्न दिइने निर्वाचन कार्यालय इलामका प्रमुख देविचरण फूयालले जानकारी दिनु भयो ।
कम मत खस्ने आकलन गरीएको थियो । तर अनुमान गरे भन्दा बढी मत खस्ने देखिएको छ । इलाम २ मा २०७९ को निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार