मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ?…दुर्गा प्रसाईं,, १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

0
SHARES
1
VIEWS

मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् ।

तीनकुनेमा आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंलाई प्रहरीले घरमै नजरबन्दमा राखेपछि उनले घरमै पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । प्रसाईले भने, ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने ? हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’

‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई कुनै आपत्ति छैन’, उनले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्‍याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पुर्‍याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

प्रसाईंले आफु घर एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिए पनि देशभर प्रदर्शन हुने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार